Websoft University

रारा आउने सडक बन्द


काठमाण्डौ असोज ६ गते । रातो तारा डट कम,सरकारले भ्रमण वर्ष २०२० भव्य रूपले मनाउने भनेको छ । तर, भ्रमण वर्ष २०२० को मुख्य आकर्षणको केन्द्र रारा आउने सडक दुई महिनादेखि बन्द छ । त्यसको मर्मतमा सरकारले कुनै चासो दिएको छैन । जसका कारण रारा आउने पर्यटकले राराको प्रचार भन्दा पनि असुविधाहरुको विषयमा गुनासो गरिरहेका छन् । रारा पुग्नको लागि भरपर्दो सडक नहुँदा र रारामा बस्नको लागि भौतिक पूर्वाधारको व्यवस्था नहुँदा सास्ती खेप्नु परेको पर्यटकको गुनासो छ । कर्णाली राजमार्ग अन्तरगतको नाग्म गमगढी रारा जोड्ने सडकको स्तरोन्नतिमा तीन सरकारको तालमेल नहुँदा सडक ओझेलमा परेको छ । रारा जोड्ने सडक संघीय सरकारको मातहतमा पर्ने भएकाले प्रदेश सरकारले काम अघि बढाउन नसेकेको कर्णाली प्रदेशका कृषि मन्त्री विमला केसीले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.