Websoft University

प्रहरी टोलीले भट्टी तोडफोड गर्यो



काठमाण्डौ असोज १ गते । रातो तारा डट कम,प्रहरी कार्यालय रौतहटको टोलीले ६ वटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी तोडफोड गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले बिगत लामो समय देखी लुकाई छिपाई संचालनमा रहेका घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले बताउनुभयो । गौर नगरपालिका ६ सबगढा रहेकामा मदिरा बनाउन राखिएको दुईहजार लिटर कच्चा पदार्थ, दुईसय लिटर तयारी रक्सी नष्ट गरेको एसपी खत्रीको भनाई छ । छापामार्ने क्रममा प्रहरीले रक्सी बनाउने एकथान  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.