Websoft University

प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूललाई




विराटनगर । रातो तारा डट कम, विराटनगर प्याब्सनले आयोजना गरेको प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूलले हात पारेको छ । विराटनगरमा आज आयोजित प्रतियोगिताको सिनियरतर्फ १० स्कूललाई पछि पार्दै कोशी विद्या मन्दिरले जितेको हो भने ।

जुनियरतर्फ पनि १० स्कूललाई पछि पार्दै एभरेष्ट स्कूलले जितेको हो । सिनियरतर्फ सगरमाथा सेकेण्डरी स्कूल दोस्रो, ग्रेडेड सेकेण्डरी स्कूल तेस्रो तथा गोदावारी सेकेण्डरी स्कूल र विकेभिए स्कूलले सानत्वना स्थानमा चित्त बुझाएको छ भने जुनियतर्फ सुम्निमा स्कूल दोस्रो, अरनिको आवसिय माध्यामिक स्कूल तस्रो तथा मोर्डन एरा सेकेण्डरी स्कूलले सानत्वना पुरस्कार हात पारेको छ ।

 सानत्वनासम्म पुरस्कार पाउँने सवै विद्यालयले भदौ २८ गते विराटनगरमा हुने जिल्ला स्तरिय प्याब्सन लोक नृत्य प्रतियोगितामा सहभागि हुन पाउने विराटनगर प्याब्सनका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ कक्षा ८ र सिनियरतर्फ कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका थिए ।

 प्रतियोगिताको निर्णायकहरूमा प्रेम सुनार र राजु गिरी रहेका थिए । उनीहरुलाई प्याब्सन केन्द्रीय सचिव राजेशकुमार दास, प्याब्सन मोरङका सह–सचिवद्वय विष्णु डंगोल र नन्दलाल मण्डल,प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राई , कोषाध्यक्ष शिव अधिकारी र सदस्य अशोक लामालगायतले पुरस्कार तथा ट्रफि वितरण
 गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.