Websoft University

सिभिल हस्पीटल गाइघाटका चिकीत्सकको लापरवाहीका कारण एक महिला जीवन मरणको संघारमा पुर्यो


श्याम राई-गाइघाट भदौ ३० गते । रातो तारा डट कम,सिभिल हस्पीटल गाइघाटका चिकीत्सकको लापरवाहीका कारण एक महिला जीवन मरणको संघारमा पुगेकी छिन् ।  मासीक श्राव रोकिएकी स्थानिय एक महिला गत  बैशाखमा उपचार गराउन उक्त अस्पतालमा  पुगेकी थिइन् । 

अस्पतालका चिकीत्सक डा. अजीज ले विभिन्न  जाँच मार्फत पेटमा बच्चा रहेको  प्रमाणीत गरेपछि ती महिलाले क्युरोड गरेकी थिइन् । पहिलो क्युरोड पछि रक्तश्राव निरन्तर भएपछि  ती महिला पूःन  सिभिल  हस्पीटल पुगेकी थिइन् । तीनै डाक्टरले दोस्रो  पटक पनी उनलाई क्युरोड गरेका थिए । तर ती महिलाको रक्तश्राव भने रोकीएको थिएन । मानसीक र शारीरीिक रुपले कमजोर बनेकी उनले आफ्नो  अवस्थाबारे काठमाण्डौमा रहेका श्रीमान् लाइ अवगत गराएर घर बोलाएका थिए । 

 पिडीत ३८ वर्षिया कमला रोका यतिखेर  क्यान्सर रोग संग जुधीरहेकी छिन् ।  उनलाई  चिकीक्त्सक कै कारण क्यान्सर भएको श्रीमान् दुर्गाले बताए । ‘ श्रीमतीको पेटमा कुनै बच्चा थिएन । पाठेघर मा ट्युमर रहेको र त्यसलाई  लापरवाही ढङ्गले काटेको कारण नै क्यान्सर भएको रहेछ  ।’ उनले भने । 
उनलाई श्रीमतीको अवस्था जटील बनेपछि  तत्कालै सिभिल हस्पीटल काठमाडौँ लगेर  उपचार गरीएको उनले बताए । सिभिल हस्पीटल काठमाडौँका चिकीत्सकले पाठेघर परिक्षण बाट बच्चा नरहेको तर  केही डल्ला रहेको पुष्टी  गरेका  थिए । उक्त डल्ला पनि पटक पटक काटिएकोले सो ठाउमा क्यान्सरको संक्रमण फैलीएको  पुष्टी गरेको उनले बताए । उनले अहिले श्रीमती को १२ साइकल किमो थेरापी गरीसकेको बताए । ‘अब दुई  साइकल किमो दिन बाकी छ । 

 श्रीमती को अवस्था बारे केही भन्न नसकीक्ने अवस्था छ । ’  उनले भने । ‘ अहिले म पिडामा डुबेको छु । गलत तरीकाले उपचार गर्ने डाक्टरमाथी कारवाही होस् ।’ उनले भने ‘श्रीमतीको उपचारमा  अहिले सम्म झन्डै ९ लाख रुपैया  खर्च भैसकेको  उनले बताए ।  ‘म  नीम्न स्तरको मान्छे । रीणपान गरेर केही रकमको  जोहो गरे । घर बारी साहुलाई बुझाइसके । अव मैले कस्तो  न्याय पाउछु । ’ उनले भने । 
 
पीडित का श्रीमान् दुर्गाले घटनाको बारेमा आइतबार पत्रकार सम्मेलन गरेर सबै वृतान्त सुनाएका थिए । उनले लापरवाही पूर्वक उपचार गर्ने चिकीत्सक अजीज लाई कानुनी कार्यवाही गरीनु पर्ने र पिडीतलाई  क्षतिपुर्ति दिन माग समेत  पत्रकार सम्मेलनमा राखेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.