Websoft University

एकेडेमी अन्तिम चारमा प्रवेश


बेलबारी मोरङ असोज ६ गते । रातो तारा डट कम, मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लब बुटवललाई ३–२ गोल अन्तरले निराश बनाउँदै एकेडेमी सेमिफाइनलमा पुगेको हो । एकेडेमीकातर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भुषण सुब्बाले १÷१ गोल गरे । गोर्खाका तर्फबाट दुवै गोल दीपक राईले गरेका हुन् ।

पहिलो हाफको सुरुवातमै अग्रता लिए पनि खेलाडीले लय गुमाउँदा गोर्खा नतिजा विपक्षीलाई सुम्पिएर घर फर्कियो । गोर्खाको सेमिफाइनल यात्रामा पूर्ण बिराम लाग्नुमा रक्षा पंक्ती र गोलरक्षक सोजित गुरुङको गल्ती देखियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको एकेडेमीले पनि जितका लागि निक्कै संघर्ष गर्नु प¥यो ।

गोर्खाका दीपक राईले १८ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विजय धिमालले दिएको क्रस पासमा गोलरक्षक रोहित कार्की अगाडि बढेको मौका छोपेर बललाई भली गर्दै राईले दर्शनीय गोल गर्दा एकेडेमी दबाबमा प¥यो । तर गोर्खाको यो खुसी ६ मिनेट मै अन्त्य भयो ।

२४ औं मिनेटमा जवाफी गोल फर्काउँदै तपन कार्कीले खेललाई बराबरीमा ल्याएर एकेडेमीलाई खेलमा फर्काए । गोर्खाका रक्षा पंक्तीका खेलाडी अलमलमा परेको र गोलरक्षक सोजित गुरुङ अगाडि बढेको मौकामा उमेश कार्कीले दिएको क्रस पासलाई सदुपयोग गर्दै तपनले भली गरेर बललाई पोस्टको दिशा दिएका हुन् ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । ७४ औं मिनेटमा एकेडेमीका प्रकाश बुढाथोकीले गोल गर्दै खेललाई २–१ को गोल अन्तरमा लगेर आफ्नो टिमलाई जित नजिक पु¥याए । तपन कार्कीले मध्य भाग अघिबाट दिएको पासमा एक्लै अघि बढेका बुढाथोकीले वान भर्सेस वानको स्थितिमा बललाई जाली चुमाउँदा गोर्खा तनावमा प¥यो ।

७९ मिनेटमा भुषण सुब्बाले व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गर्दै एकेडेमीको जित निश्चित गर्दा गोर्खा निराश बन्यो । अघि बढेका गोलरक्षक सोजित गुरुङले बललाई नियन्त्रणमा लिन नसक्दा खाली पोस्टमा २५ यार्ड टाढाबाट सुब्बाले गरेको प्रहारले पोस्टको बाटो लिएको थियो ।
८१ औं मिनेटमा दीपक राईले गोल गर्दै खेललाई ३–२ को अवस्थामा पु¥याए पनि गोर्खालाई जितका लागि पर्याप्त हुन सकेन ।

 राईले करिव ४० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारले सिधै पोस्टको बाटो तय गर्दा एकेडेमीका गोलरक्षक रोहित कार्कीले ठिम्याउनसम्म पनि सकेनन् । दुवै टिमले गोल गर्नका लागि पाएका अरु केही राम्रा अवसर सदुपयोग गर्न सकेनन् ।

४ औं मिनेटमा एकेडेमीका तपन कार्कीले वान भर्सेस वानमा गरेको प्रहारलाई उत्कृष्ट ढंगले बचाउँदै गोर्खाका गोलरक्षक गुरुङले आफ्नो टिम विरुद्ध सुरुवाती गोलको संकट टारेका थिए । २७ औं मिनेटमा कार्कीको पासमा सुशन तामाङले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पनि गुरुङ बाधक बने । ६१ औं मिनेटमा भुषण सुब्बा पनि वान भर्सेस वानमै चुके ।

४३ औं मिनेटमा गौतम श्रेष्ठको कर्नर प्रहारमा सुशील लामाको प्रहार क्रस बारमाथिबाट बाहिरिएपछि गौर्खाले मध्यान्तर अघि दोस्रो गोल गर्न सकेन । ७२ औं मिनेटमा दीपक राईको पासमा भुवन बस्नेतको प्रहार क्रस बारमाथिबाट बाहिरिनु गोर्खाका लागि दुर्भाग्यपूर्ण बन्यो । ७८ औं मिनेटमा गोर्खाका दीपकको प्रहार रोक्दै गोलरक्षक गुरुङले खेललाई बराबरी हुन दिएनन् । उत्तम गुरुङको पासमा ८४ औं मिनेटमा दीपकले नै टाउकोले गरेको प्रहार पहिलो बार हुँदै बाहिरिएपछि गोर्खाको हार निश्चित बन्यो ।

प्रतियोगिता आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईकाअनुसार सोमबारको खेलको म्यान अफ दी म्याच मदन भण्डारी एकेडेमीका तपन कार्की घोषित भएको बताए । मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लब र रोयल क्लब वेष्ट बंगाल भारतबीच प्रतिस्पर्धा हुनेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.