Websoft University

कुमारीपाटीमा त्रिदेवी फेसन हाउस उद्घाटन


ललितपुर । रातो तारा डट कम,ललितपुरस्थित कुमारीपाटीमा नयाँ बुटिक‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा आएको छ । राजधानीमा बुटिकको क्रेज बढ्दै गइरहेका बेला बुधबारदेखि ‘त्रिदेवी फेसन हाउस’ थपिएको हो । 

फेसन डिजाइनरत्रय दिलमाया मगर, दीपा केसी र संगी आचार्यले सञ्चालनमा ल्याएको उक्त फेसन हाउसको बुधबार एक समारोहबीच पुर्वमिस नेपाल सुगारिका केसी, ¥यापर तथा गायक गिरिश खतिवडा र ब्युटिसियन निलम केसी संयुक्तरुपमा उद्घाटन गरे । 

कार्यक्रममा पूर्वमिस नेपाल केसीले नेपाली बजारमा फेसन क्रेज बढिरहेका बेला नयाँ सोच र उद्देश्यका साथ ‘त्रिदेवी फेसन हाउस थपिएकामा खुसी व्यक्त गरिन् । उनले भनिन, ‘यो फेसन हाउस फेसन पारखीहरुका लागि रोजाई बन्न सकोस्, शुभकामना छ ।’ 

उद्घाटनपछि डिजाइनरमध्ये दीलमाया मगरले त्रिदेवी फेसन हाउसमा बजार चलेको विविध खाले पहिरन तयार गर्ने बताउँदै भनिन्, ‘हामीले विशेषगरी वेडिङ गाउनलाई प्राथमिकता दिनेछौँ ।’ उनले आफूहरुको कसैसँग प्रतिस्पर्धा नहुने पनि बताइन् ।  

पछिल्लो समय बुटिक जोन बन्दै गएको कुमारीपाटीमा सञ्चालनमा आएको ‘त्रिदेवी फेसन हाउस’ सम्भवतः सबैभन्दा ठूलो बुटिक हो । फेसन डिजाइनरत्रयले फेसन बजारको प्रतिस्पर्धामा आफूहरुले सर्वशुलभ मूल्यमा स्तरिय पहिरन तयार गर्ने बताएका छन् ।  

डिजाइनरत्रयले हालैमात्र इन्टरनेशनल इष्न्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी)बाट एड्भान्स डिप्लोमा कोर्षको अध्ययन पूरा गरेका हुन् । बागबजारस्थित ‘आईआईएफटी’का विद्यार्थीद्वारा सञ्चालनमा ल्याइएको यो पछिल्लो बुटिक हो । यसअघि आईआईएफटीका विद्यार्थीले राजधानीका विभिन्न स्थानमा बुटिक सञ्चालन गरिसकेका छन् ।


  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.