Websoft University

उदयपुरमाा विपी विचार गोष्ठी सम्पन्न


श्याम राई घाइघाट भाद्र २४ घते । रातो तारा डट कम,नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसिले अव यथास्थितिमा काँग्रेसको पार्टी सञ्चालन गर्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । सो कुरा नेता केसिले विपि विचार राष्ट्रिय समाज उदयपुरले आयोजना गरेको विपी विचार गोष्ठी र दोश्रो चरणको जागरण अभियान कार्यक्रमको मङ्गलवार गाईघाटमा उद्घाटन गर्दै बताउनुभएको हो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केशीले साना तिना प्रहारबाट लोकतन्त्र र संघियता कुनै पनी हालतमा धरापमा नपर्ने वताएका छन । १ सय ६ औं विपीजयन्तीको अवसरमा नेपाली कांग्रेस उदयपुरले मंगलबार गाईघाटमा अयोजना गरेको विपी विचार गोष्टी र दौसो्र चरणको जागरण कार्यक्रमको उद्घाटन गदै केशीले वर्तमान सरकार आफैले संविधान र लोकतन्त्र विरोधी गतीविधी गरीरहेको बताए, उनले संघियता र लोकतन्त्र अरुकसै को कारण नभइ सरकार आफ्नै कारणले गर्दा धरापमा पर्ने बताए ।

उनले गाउ गाउमा पुर्याउनु पर्ने अधीकार प्रधानमन्त्री के पी आली आफैले केन्द्रित गरेर अफु अनुकुल शासन गर्ने खोजेको, बताए । केन्द्रिय सदस्य केशीले वर्तमान सरकार लोकतन्त्रको आवरणमा तानाशाही प्रवितीबाट संन्चलन भइरहेको बताए । 

उनले दुई तिहाइको वर्तमान सरकारले लोकन्त्र र संघियता धरापमा पर्न लाग्यो भनेर लाजस्पद अभिव्याक्ति दिर्दै आएको तर कतैवाट चुनौती नभएको वताए। भ्रष्टचारी र कमीसनको जालोमा वर्तमान रकार नै मुछिएकोले नेपाली जनताले सुसानको अनुभुती गर्न नपाएको उनले बताए। यती धेरै काण्ड नै काण्ड भएको छ तर सरकार कार्यवाही गर्नुको सट्टा चुप लागेर वसेको उनले भने सरकार आफै मुछिएकोले भ्रष्टाचारको काण्डमा कसैलाइ कार्यवाही नभएको उनले बताए ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिंह केशीले सानो तिनो प्रहारले संघियलोकतन्त्र परिवर्तन नहुने बताएकाछन् । नेपाल पे्रस युनियले मंगलबार उदयपुरको गाइघाटमा आयोजनामा गरेको पत्रकार सम्मेलनमा बोल्दै केशीले यस्तोकुरा बताएका हुन् । अहिलेको सरकार नेपालकै पहिर्लो शक्तिशाली नेकपाको सरकार निर्माण भएकोले संघियलोकतन्त्र विरुद्द कुनै पनी प्रकारकाको तेस्ता चुनौति नआएको र चुनौती आयो भन्नु लजास्पद भएको उनले बताए ।

कार्यक्रममा वाल्दै केशीले चुनैति नभएको होईन गरिबी, असम्पन्नता र भ्रष्टचारको चुनौति भन्दा बाहेक चुनौति सरकारलाई नभएको उनले औल्याए । सरकारले केहि प्रतिपक्षिको नेताको टाउकोमा आरोप लगाएर आफु उम्कन खोजेको आरोपसमेत लगाए । 

सरकारसँग तागत र आँट भए जो कोहि भ्रष्टारीलाई पनि जनता सामु नङ्ग्याएर देखाउँन चुनोती दिदै यो अहिलेको सरकारलाई ठूलो अवसर भएको केशीले बताए । प्रतिपक्षले संघियाताको मर्म अनुसार काम गरे साथ दिने केशीले बताए । प्रधानमन्त्रि रोजगार कार्यक्रम प्रभावकारी नभएको औल्याउँदै जनताको कर स्थानिय तहको गाउँमा खर्च गरी समृद्ध गाउँ बनाए मात्रै समृद्ध नेपाल निर्माण हुने उनले बताए ।

दोस्रो जागरण अभियानको क्रममा केशी उदयपुर आईपुगेको छ । पार्टीको १४ औँ राष्ट्रय अधिवेशन सकेसम्म चाँडो हुनु पर्ने यतिबेला पार्टीले विभाग खोल्न नहुने केशीले बताए । गट उपगुट नभई एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिएको थियो । दोस्रो चरको जागरण अभियानमा जनस्तरसम्म नयँ संघर्षको जागरण र पाटी भित्र भएका समस्या र त्रुटिहरुहरु समाधान गर्द सहकार्य गर्ने उद्देश्यले अभियान सुरु गरिएको केशीले बताए ।

सोही कायृक्रममा अर्का केन्द्रीय सदस्य धनराज गुरुङले भूगोल र जातका आधारमा समाजलाई विखण्डन गरी सामाजिक सद्भाव खल्बल्याउने तत्वसँग नेपाली काँग्रेसका कार्यकता सतर्कहुनुपर्ने बताउनुभयो । उहाले आपसि एकता र सद्भावबाट नै मुलुकको हितहुने भएकोले कार्यकताले यसप्रति चनाखो हुन आवश्यक छ भन्नुभयो । भ्रष्टचारमा चुर्लुम्ब डुवेका र जेल जानुपर्नेहर सिंहदरवारमा बसेकाछन भन्दै काँग्रेसका नेता भने सरकारले जेल हाल्न सक्नुपर्यो भन्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.