Websoft University

दशैँलाई लक्षित गरी लोकमार्गका खाडल पुर्न शुरु


काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम,आउँदो दशैँलाई लक्षित गरि मध्यपहाडी लोकमार्ग सहज बनाउन थालिएको छ । पोखरा– बागलुङ सडक खण्डमा खाल्डाखुल्डी पुर्न थालिएको छ भने सडक छेउमा आएको पहिरो पन्छाउन थालिएको छ । यात्रुहरुलाई सहज यात्राका लागि सडकमा खाल्डाखुल्डी पुर्न थालिएको छ । दशैँको बेला बढि सवारीसाधानहरु आवातजावत हुने भएकाले सडकमा खाल्डीखुल्डी पुर्न र पहिरो पन्छाउने कामलाई प्राथमिकता दिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । दशैँको बेला देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु मुस्ताङ घुमघाममा जानेहरुको पनि लर्को लाग्ने गरेको छ । राष्ट्रिय राजमार्गको रुपमा रहेको यो खण्डमा केहि दिन देखि लगातार वर्षा हुँदा ठूलाठूला खाडल परेका छन् । पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका बासिन्दा दैनिक यहि सडक हुँदै देशका विभिन्न ठाउँमा आउजाउ गर्दै आएका छन् । स्तरउन्नती हुँदै सडकमा यात्रा गर्दा निकै अवरोध हुँदै आएको छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.