Websoft University

च्याम्पियनसिप फुटबल खेल नेपालले आज जोर्डनसँग खेल्दै


काठमाण्डौ भाद्र २८ गते । रातो तारा डट कम,एएफसी १६ वर्ष मुनिको फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज  पहिलो खेल खेल्दैछ । नेपालले आज बलियो टिम तथा घरेलु टोली जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र जोर्डनबीचको खेल अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तराष्ट्रिय रंगशालामा हुनेछ । सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् । नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्  । हालै भारतमा सम्पन्न साफ १५ वर्ष मुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले दुई साता भित्रै दोस्रो प्रतियोगिता खेल्न लागेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.