Websoft University

चुल्हो र ग्यास सिलिण्डर वितरण


काठमाण्डौ असोज ६ गते । रातो तारा डट कम,रौतहटको कटहरिया नगरपालिका वडा नं १ भसेढवामा आज ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको छ । कटहरिया नगर विकास समितिका सभापति नरेश साहको अगुवाइमा आयोजित एक कार्यक्रमकाबीच भसेढवामा ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको हो । पटक पटक गरी भसेढवाका सातसय परिवारलाई ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको कटहरिया नगरपालिकाले जनाएको छ । त्यस्तै, भसेढवाका १८० परिवारलाई ग्यासको लागि कुपन वितरण गरिएको र उनीहरुलाई एक सातापछि ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिने कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाले जानकारी दिनुभयो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.