Websoft University

मेडिकल कलेजलाई दण्डित गर्न केसीको माग



विज्ञप्ति,काठमाण्डौ असोज ९ गते । रातो तारा डट कम,चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नगरे सत्याग्रह सहितको विरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिनुभएको छ । विज्ञप्ति निकालेर डा.केसीले रकम फिर्ता लगायत पूर्वसहमति कार्यान्वयन नभए जुनसुकै बेला सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको हो । साथै उहाँले रकम फिर्ता गराएर दोषी मेडिकल कलेजलाई दण्डित गर्नुपर्ने माग गर्नुभएको छ । बढी लिएको रकम फिर्ता नगरे सम्म आगामी शैक्षिक सत्रका लागि सिट निर्धारण र विद्यार्थी काउन्सिलिङको काम अघि बढाउनु नहुने उहाँको तर्क छ । शुल्क र सिट वैज्ञानिक रुपमा निर्धारण गर्न समेत उहाँले चिकित्सा शिक्षा आयोगको ध्यानार्कषण गराएका छन् । सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनको संशोधन गर्नुपर्ने केसीको माग छ । उहाँले विश्वविद्यालयहरुमा योग्यता र वरिष्ठताको आधारमा पदाधिकारी नियुक्त गर्न सरकारलाई सुझाव दिनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायत चिकित्सा शिक्षाको पढाई सुरु गर्न माग गर्नुभएको छ । विज्ञप्तिमार्फत् प्रत्येक प्रदेशमा मेडिकल कलेज पु¥याउने कामलाई गम्भीरता साथ कार्यान्वयन गर्न पनि स्मरण गराइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.