Websoft University

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुँदै–केरुङ–काठमाण्डौ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा सम्झौता हुने,



काठमाण्डौ असोज २६ गते । रातो तारा डट कम,नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीसँगको भेटमा द्विपक्षिय हितका सम्बन्धमा केही सहमति हुनेछन् । प्रधानमन्त्रीसँगको छलफलका क्रममा आज दुई देशको तर्फबाट केरुङ–काठमाण्डौ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा सम्झौता हुने सम्भावना रहेको छ । 

यस्तै, गल्छी रसुवागढी केरुङ ४०० केभी अन्तरदेशिय विद्युत् प्रसारण लाइनबारे,  तमोर जलविद्युत आयोजना निर्माणबारे संझौता, तातोपानी, काठमाण्डौं सडक स्तर उन्नती, पूर्व पश्चिम रेल मार्गलाई सहुलियत लगाएत विषयमा सम्झौता हुने बताइएको छ । विज्ञहरुले भने दीर्घकालिन योजनाका विषयमा सम्झौता गर्नुपर्ने धारणा राखेका छन् । 

काठमाण्डौमा सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियार सहितका सेना खटाइएको छ । सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षाका लागि करिब १५ हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ ।

चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण भएको यो २३ वर्षमा पहिलो पटक हो । भ्रमणलाई नेपालले महत्वका साथ हेरेको छ । भ्रमण सकेर सी आज दिउँसो १ बजे स्वदेश फर्कने कार्यक्रम छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.