Websoft University

अष्ट्रेलिया जाने फुटबल टिमको घोषणा


काठमाण्डौ असोज १५ गते । रातो राता डट कम,कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियासँग खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । छनोटको समूह ’बी’ मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले असोज २८ गते जोर्डनसँग खेल्नेछ । यस समूहमा २ खेलमा ३ अंक जोडेको नेपाल चौंथो स्थानमा रहेको छ । छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० को हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० ले हराएको थियो अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ । ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहिन ताइपे अन्तिममा रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.