श्ययाम राइ गाइघाट । रातो तारा डट कम,बालीका बलात्कार गरेको आरोपमा बुधबार साझ एक युवा पक्राउ परेका छन् र विद्यालय पढ्ने १४ वर्षिय बालीका लाइ विद्यालय बाट घर फर्कने क्रममा जबरजस्ती बलात्कार गरेको अभियोगमा त्रियुगा नगरपालीका वडा नं १६ जाल्पा चिलाउने स्थीत सिम्लेका २२ वषर््िाय राम कुमार राई पक्राउ परेका छन्।
राईले बालीका एक्लै भएको मौका पारी जंगलमा म्रगलबार साझ जबरजस्ती बलात्कार गरेका थिए । विद्यालय छुट्टी भएर घर फर्कने क्रममा राईले पछाडीबाट ज्याकेटले मुख छोपेर बालीकाको घाटी थिची जबरजस्ती बलात्कार गरेको पिडीत को भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएस्पि बीर बहादुर मगरले बताए ।
‘बालीका एक्ल जंगलको बाटो मा देखेर राईले बलात्कार गरेको रहेछ । ’ उनले भने । बलात्कार गर्ने युवक र बलात्कार को आरोपी युवक एकै गाउँको रहेको खुल्न आएको प्रहरीले जनाएको छ । विद्यालय बाट घर फर्कन झण्डै २ घन्टाको समय लाग्ने गरेको थियो । जंगलको बाटो हुदै विद्यालय आवत जावत गर्दा उनी सधै मिल्ने साथीसँग हुन्थीन् ।
तर उनको साथी केही दिन देखी विरामी भएकोले उनी एक्लै विद्यालय जाने गरेकी थिइन् । उनी एक्लै भएको मौका छोपी राईले जंगलमा बलात्कार गरेको खुल्न आएको पहरीले जनाएको छ । बालीकाको बुधबार जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य परिक्षण गरी उनकी दाजु ले जिल्ला प्रहरी कार्यालयमा उजीरी दिएको डिएस्पि के.सी. ले बताए ।
Post a Comment