Websoft University

सुशासन कायम गर्न प्रधानमन्त्रीको प्रहरीलाई निर्देशन


काठमाण्डौ असोज २४ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्नका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । ६४ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले समाजमा प्रहरीको बहुआयामिक भूमिका हुने पनि धारणा राख्नुभयो । नेपाल प्रहरी कै कारणले समाजमा शान्ती कायम भएको,अपराध घटेको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले देशमा राजनीतिक संघर्षको यूग सकिएर विकास र समृद्धिको युग सुरु भएको स्मरण गर्दै यसबेला विभिन्न बहानामा समाजमा हिंसा भड्काउन खोज्नेहरुसँग सरकार मुकदर्शक नबन्ने धारणा राख्नुभयो । 

प्रधानमन्त्री ओलीले अपराधमा संलग्न जो सुकैलाई पनि कानुनको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिनुभएको छ । “गैर कानुनी काम गर्ने जुनसुकै पार्टीको र जुनसुकै पदको भए पनि अनुसन्धानको दायरामा ल्याउनुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुले अरु कसैले भने अनुसार होइन कानुनले भने अनुसार काम गर्नु पर्दछ ।”

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.