Websoft University

साना किसान कृषि सहकारी संस्थाको २३औं वार्षिक साधारणसभा सम्पन्न।


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङ को सुन्दरहरैचा स्थित ६ मा रहेको साना किसान कृषि सहकारी सस्था लि सुन्दरपुर ले आफ्नो २३ औ बार्सिक साधारण सभा सम्पन्न गरेको छ ।

सुन्दरहरैचा ६ स्थित साजिलाल मा बि को प्राङ्गणमा मा भएको साधारण सभामा केन्द्रिय कृषि सहकारी संघ का उपाध्यक्ष मदन दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मदन प्रसाद दाहालले कृषिमा किसान लाई लगानी गरि आत्मा निर्भर बन्न र स्थर उन्नती गर्न जोड  दिनु भएको थियो।

 त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथी मा जिल्ला सहकारी संघ मोरङ का अध्यक्ष खगेन्द्र राज भन्डारी रहनु भएको थियो भने अतिथीहरुमा सुन्दर हरैचा ७ का वाड अध्यक्ष चैतन्य सिटैला, अग्रणी कृषि सहकारी  संस्थाका अध्यक्ष- सोभित मान पोडौल, सुरक्षा महिला बचत तथा ऋण सहकारी सस्था कि अध्यक्ष  बालिका सिटौला, साना किसान बैंक इटहरीका प्रबन्धक  दिपक राज पान्डेको उपस्थित रहेको थियो।

संस्थाले सेयर सदस्यहरुका परिवार मध्धे बाट जेष्ठ नागरिकमा पुरुष तर्फ ९० बर्सिय मान व गुरुङ र महिला तर्फ १०० बर्सिय - मन माया लुइँटेल  लाई दोसल्ला ओडाइ नगद सहित सम्मान गरेको थियो त्यस्तै एस ई ई मा उत्कृष्ट अङ्क ल्याउने छात्र तर्फ सौरब भट्टराई र छात्रा तर्फ सदिक्षा भट्टराई लाई पनि नगद सहिद सम्मान गरेको थियो।

यसै गरि अन्य थुप्रै बिधाहरुमा पनि सस्था ले आफ्ना सेयर सदस्यहरु लाई सम्मान गरेको थियो भने सो कार्यक्रम संस्थाका संयोजक प्रदीप लम्सालले सञ्चालन गरेका थिए,भने संस्थाका अध्यक्ष रबिन्द्र आचार्यको सभापतित्व रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.