Websoft University

सभामुख कृष्णबहादुर महराले दिएको राजीनामालाइ प्रष्ट पार्न काँग्रेसको आग्रह


काठमाण्डौ असोज १५ गते । रातो राता डट कम,नेपाली काँग्रेसले सभामुख कृष्णबहादुर महराले दिएको राजीनामालाई अझै प्रष्ट पार्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहलाई आग्रह गरेको छ । काँग्रेसले पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा सभामुख महराले दिएको राजिनामाप्रति असन्तुष्टि जनाउँदै यस्तो आग्रह गरेको हो ।  सभामुख महराले पदत्याग गरेको राजीनामा घोषणा गर्नु भएको छ । तर नेपाली कांग्रेसको तर्फबाट आग्रह गर्छु, उहाँले सभामुखबाट राजीनामा दिनु भएको हो कि कार्यभारबाट ? उपसभामुखलाई राजीनामा दिने प्रबन्धअनुसार राजीनामा दिएँ भन्नु भएको छ । तर, आफैं समयावधि किटान गर्नु भएको छ, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो कुरा स्पष्ट नभएको भन्दै प्रश्न गर्नुभएको छ । छानबिन प्रक्रिया टुङ्गिएपछि एक किसिमको विवरण आउँछ त्यसपछि उहाँ फिर्ता आउने वा दण्डित हुने अधिकार नेपालको राज्य वा कानूनले राख्ने कि उहाँ आफैंले आफ्नो समयावधि निर्धारण गर्ने ? प्रवक्ता शर्माले प्रश्न गर्नुभएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.