Websoft University

चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै–आम नेपाली जनताले खुसि प्रकट गर्दै,


काठमाण्डौ असोज २५ गते । रातो तारा डट कम,चिनियाँ राष्ट्रपति सी चिनफिङ आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । चिनियाँ राष्ट्रपति सी अपरान्ह साँढे ४ बजे काठमाडौं आइपुग्नु हुने कार्यतालिका रहेको छ । राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुहुने छ । राष्ट्रपति भण्डारी सीको स्वागतको लागि विमानसम्मै पुग्नुहुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीहरु भने केही वरै रहने जनाइएकोछ ।

लामो समयपछि हुन लागेको उच्चस्तरीय भ्रमणलाई ऐतिहासिक बनाउन सरकारले तयारी तिब्र पारेको छ । सीको स्वागतको लागि काठमाण्डौंका सडकहरु सजाइएको छ भने सरसफाईलाई विशेष प्राथामिकता दिईएको छ । शहरमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिछ । नेपालमा रहँदा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शिर्ष नेतालाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलका बीचमा द्विपक्षीय वार्ता तथा सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर हुने छ । भ्रमण सकेर सी भोली आइतबार १ बजे स्वदेश फर्कनुहुने छ । 

सी भ्रमणको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । सी भ्रमणका क्रममा आज दिउँसो २ः५५ बजेदेखि ५ः२५ सम्म र भोली दिउँसो ११ः२० देखि ३ः५० सम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुनेछ । सरकारले सी भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सी भ्रमणको सुरक्षा, आवास र छलफलका एजेण्डा पनि सम्पूर्ण रुपमा तयार भएको मन्त्री बास्कोटाले बताउनुभयो । 

सीको भ्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले चक्रपथभित्र ठूला सवारी साधनलाई प्रवेश निषेध गरिसकेकको
छ । सीको सवारीका क्रममा सर्वसाधारणका सवारीलाई पनि निषेध गर्ने निर्णय गरिएको छ । यस्तै, राष्ट्रपति सीको स्वागत र विदाइका लागि निजामती कर्मचारीलाई सडकमा खटाइने भएको छ । 

राष्ट्रपति सी नेपाल आउने आज र स्वदेश फर्किने भोली नयाँ बानेश्वरदेखि तोकिएको समयमा इतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्नेछन् । चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई बैदेशिक मामिलाका जानकारहरुले ऐतिहासिक र महत्वपूर्ण मानेका छन् भने आम नेपाली जनताहरु हर्षित भएका छन

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.