Websoft University

ठेकेदारको लापरबाहीले गाईघाट बजारको कालोपत्रे हुन सकेन


श्याम राइ, उदयपुर, असोज १६ गते।  रातो तारा डट कम,निर्माण ब्यवसायीको लापरबाहीले म्याद सकिएको ११ महिनामा पनि गाईघाट बजारको सडक कालोपत्रे हुन सकेको छैनन् । निर्माण कम्पनीले समयमा सडक कालोपत्रे नगर्दा उदयपुरको सदरमुकाम गाईघाट बजारमा हिउँदमा धुलो धुवा वर्षातमा हिलाम्य हुने गरेको स्थानीयबासी बताउँछन ।
गाईघाटको प्रवेशद्वार बसपार्कबाट बजारको मुख्या चोकसम्म करिब ९ सय मिटर सडकको कालोपत्रे गर्न सुर्खेतको निर्माण कम्पनी सूर्य निर्माण प्रा.लि. जिम्मा लिएको थियो । निर्माण कम्पनीको चरम लापरबाहीले गर्दा गाईघाटबासीले सास्ती ब्यहोर्नु परेको छ । गाईघाट– दिक्तेल सडक अन्तर्गत सगरमाथा लोकमार्गमा पर्ने सो सडकको स्तरउन्नती गरि कालोपत्रे गर्न सुर्य निर्माण कम्पनीलाई जिम्मा दिईएको थियो ।
सडकको कालोपत्रे गर्न भएको कालोपत्रे समेत भत्काएर त्यतिकै छाडेपछि सर्बसाधारणलाई सास्ती भएको स्थानीयबासी गणेश खड्काले गुनासो पोखे । पानी पर्ने बित्तिकै हिलोले हैरान पार्छ, घाम लागेको दिन पनि धुलोले हिँड्न सकिँदैन,’ उनले दुःखेसो पोखे । ९ करोड ९८ लाख ८४ हजार रुपैयाँ लागतमा निर्माण गर्न २०७४ साल जेठ २४ गते ठेक्का सम्झौता भएको थियो । तर कम्पनीले काम नगरी अर्को निर्माण व्यवसायीलाई ठेक्का सुम्पिएपछि कामले गति लिन नसकेको स्थानीयको आरोप छ । सडकको कालोपत्रे समयमा सक्न त्रियुगा नगरपालिका, गाईघाट–दिक्तेल सडक आयोजनाको बारम्बार ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो पोखे । 
अबधि सकिएपछि ६ महिना म्याद थपियो । तर थप समयमा पनि काम भएन । सदरमुकाम भित्रकै आयोजनामा ढिलाइ हुँदा धुलो र हिलोमा सास्ती खेप्नु परेको स्थानीयबासी अजय साह बताउँछन् । सडकका ठुल्ठूला खाडलले सवारी साधन आवत जावतमा समस्या छ । चाडपर्वका बेला धेरै चाप हुने भए पनि सडक राम्रो नहुँदा सवारी साधन चलाउन मुस्किल भएको छ ।

सवारी चालकले नगर प्रमुख बलदेब चौधरीलाई दसैं अघि नै खाडल पुरि दिन ध्यानाकर्षण गराएका छन् । सडकको दुवैतर्फ बजार क्षेत्रको ढल निकास हुने गरी पक्की नाली निर्माणसँगै सडक विस्तार २०७५ साल कात्तिक मसान्तभित्र सक्ने सम्झौता भएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए ।  उनले भने, ‘अब कालोपत्रे गर्न बाँकी छ, ठेकेदारसँग कुरा भइ रहेको छ । दसैं अघि सम्याइ दिने र लगत्तै कालोपत्रे गर्ने प्रतिबद्धता आएको छ ।

असार मसान्तसम्म सक्ने बताए पनि बाढी, गिटी बालुवाको अभाव देखाउँदै ठेकेदारले ढिलाइ गरेको उनको भनाइ छ । पुरानो दुई लेनको सडक विस्तार गरी चार लेन बनाएर दुवैतर्फ ढल निकास गर्ने सम्झौतामा उल्लेख छ । कम्पनीले ठूला काम सकिसके पनि सडकका नालीमा स्ल्याब राख्ने, बेस राख्ने र कालोपत्रे गर्ने कामहरु अझै बाँकी छ । ठेकेदार कम्पनीले भने दसैं लगत्तै काम सुरु गर्ने बताएको छ । ठेकेदार सूर्य खडकाले वर्षातमा गरेको काम गुणस्तरीय नहुने भएकाले दशैंपछि सबै काम सक्ने दाबी गरे । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.