Websoft University

सामाजिक विकास मन्त्रालयले वार्षिक प्रतिबेदन सार्वजनिक गर्यो



विराटनगर र १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा रहेको भातृभाषा कमजोर बन्दै गएको बताए ।
१ नम्बर प्रदेशमा १ सय ६ वटा मातृभाषा रहेको जानकारी दिदै प्रदेशमा बोल्ने भाषा कमजोर हुदै गएकोले यसको प्रवद्र्धन र संरक्षणमा गरिनुपर्नेमा जोड दिए ।

सामाजिक विकास मन्त्रालयले विराटनगरमा आज आयोजना गरेको आर्थिक वर्ष २०७५र०७६ को बार्षिक प्रगति तथा चालु आर्थिक वर्षको कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले नेपाली मातृभाषा प्रवर्दधनसँगै अन्तर्रा्ष्ट्रिय अंग्रेजी भाषा विद्यार्थीलाई सिकाइनु पर्ने बताए । 

‘जीवन र रोजगारीसँग जोडिएका भाषा अंग्रेजी, चाइनिज, कोरियन भाषा विद्यार्थीलाई सिकाइनु जरुरी छ,’ उनले भने । उनले प्रदेशमा विद्यार्थीलाई किताब र झोला रहित डिजिटल शिक्षा दिने कार्यको थालनी भइसकेको बताए ।

गुणस्तरीय शिक्षा नदिने र थोरै विद्यार्थी रहेका विद्यालयहरूलाई मिलाएर ठूला शैक्षिक संस्था सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

८२ प्रतिशत बजेट खर्च मन्त्रालयले आर्थिक बर्षमा बिनायोजन भएको कूल बजेटमध्ये ८२ दशवलप ८६ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक बर्ष २०७५र०७६ मा विनियोजित भएको कूल बजेट ४ अर्ब १९ करोड ४६ लाख ४७ हजार ८ सय ९६ रुपैयाँ मध्ये ३ अर्ब ४७ करोड ५६ लाख ९५ हजार ५ सय २७ रुपैयाँ मात्र खर्च भएको हो ।

मन्त्रालयले वित्तिय तर्फ ८२ दशमलव ८६ र भौतिक तर्फ ९० दशमलव ०२ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा ४ वटा ऐन र २ वटा नियमावली पारित गरेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका लागि ३० वटा ऐन आवश्यक पर्नेमा ४ वटा पारित भएको, ७ वटा मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति भएको र ५ वटा विधेयकको मस्यौदा तयार गरिएको यूवा तथा खेलकुद महाशाखा प्रमुख दामोदर फुयाँलले जानकारी दिए ।

बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उनले मन्त्रालयका लागि ३० वटा नियमावली आवश्यक पर्नेमा २ वटा पारित भएको र एउटा विधेयकको मस्यौदा तयार गरिएको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.