Websoft University

विद्यालय पुनर्निर्माण भएपछि करिब ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुने


काठमाण्डौ असोज १६ गते । रातो तारा डट कम,राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पमा क्षतिग्रस्त भएका विद्यालय पुनर्निमाणका लागि त्रिपक्षीय समझदारी गरेको छ । नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि प्रधाधिकरणले समझदारी गरेको हो । नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय पुर्नर्निमाण गरिनेछ । परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा ९ तथा काठमाडौं र भक्तपुरमा एक–एक वटा विद्यालय पुनर्निर्माण हुनेछन् । जसमा १ सय ४४ वटा कक्षाकोठा रहनेछन् । अपांगमैत्री यी विद्यालयमा शौचालय, खानेपानीको सुविधा हुनेछ । विद्यालय पुनर्निर्माण भएपछि करिब ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुनेछन् । सन् २०२१ नोभेम्बर अर्थात् २०७८ मंसिर १४ सम्म परियोजना सक्नुपर्ने समयावधि तोकिएको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.