Websoft University

चीनका राष्ट्रपति सीलाई खेलकर्मीको भव्य स्वागत

काठमाडौं,असोज २५ गते । रातो तारा डट कम,चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको नेतृत्वमा कर्मचारी,खेलाडी, प्रशिक्षक,राष्ट्रिय संघका पदाधिकारीलगायतको हजारौंको संख्यामा उपस्थिति खेलकर्मीले भब्य स्वागत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा काठमाडौं आएका सीलाई सागको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले समेत स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि राष्ट्रपति भण्डारीले सीलाई स्वागत गरेकी थिइन् । त्यसपछि उनी बस्ने होटेल सोल्टीमा जाने क्रममा नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले त्रिपुरेश्वरमा स्वागत गरेको हो । 

सीको स्वागतका लागि राखेपका सदस्यसचिव रमेशकुमार शिलवाल लगाएत पदाधिकारीहरु उपस्थित भएका थिए । यसैगरी राखेपमा दर्ता भएका विभिन्न खेल संघका पदाधिकारीहरु पनि स्वागतका लागि सडकमा पुगेका थिए । त्रिपुरेश्वरमा राखेपका पदाधिकारी र खेलाडी तथा खेलकर्मीले स्वागत गर्दा राष्ट्रपति सीले हात हल्लाएर अभिवादन गरेका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.