Websoft University

पटका सहित बिभिन्न भन्सार छली ल्याएको समान बरामद


काठमाण्डौ असोज २६ गते । रातो तारा डट कम,जिल्ला मोरङ सुनवर्सी नपा ९ डाईनिया बजार स्थितमा भारतबाट अबैध रुपमा नेपाल तर्फ साईकलमा ल्याउदै गरेको १२ बन्डल COBRA नामक पटका १२ बन्डल (अमरू १२,००० बराबर) ईलाका प्रहरी  कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ पटका छाडी मानिस साईकल लिई फरार रहेको उक्त मानिसको खो.त. कार्य जारी रहेको छ ।

त्यस्तै मोरङ रंगेली न.पा. २ मंगलबारे स्थित नहर छेउमा भारतबाट BR38 k 3987 नम्बर को मोटरसाईकलमा भन्सार छली ल्याउदै गरेको आइरन,ग्याँस चुलो,सिलिङ्ग पंखा र प्रेसर कुकर अ.म.रू. ४०,००० हजार बराबरको सामान ईप्रका रंगेलीबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्न साथ मो.सा.सहित उक्त सामान छाडी मानिस फरार रहेकोले खोजतलास भईरहेको छ ।

उक्त सामानहरु आबश्यक कारबाहीको लागी भन्सार कार्यालय रानी पठाउने तयारी भईरहेको छ । तिहार तथा छठ नजिकिएसंगै सिमा क्षेत्रमा हुन सक्ने अपराधीक घटनाहरुको साथै निषेध गरिएको पटका जन्य पदार्थ तथा अन्य अबैध सामानहरु भित्रिन सक्ने अबस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङबाट सिमा क्षेत्रहरुमा बिशेष प्रहरी टोली परिचालन गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.