Websoft University

वर्षाले क्षति पु¥याउदा उदयपुरको पहाडि भेगका ग्रामीण सडक अवरुद्ध


श्याम राई,गाइघाट असोज १४ गते । रातो तारा डट कम,पाच दिन देखी निरन्तर परीरहेको वर्षाले क्षती पु¥याउदा उदयपुरको पहाडि भेगका ग्रामीण सडक अवरुद्ध बनेको छ । भारी वर्षाले ग्रामिण सडकमा पहिरो गएको  कारण एक् साता देखि यातायात सेवा ठप्प भएको छ ।

गाइघाट  मुर्कुची  लिमचुङबुङ सडक, कटारी  बेतीनी माझखर्क  लगायतका अन्य ग्रामिण सडक खण्डमा वर्षाले क्षती पु¥याए पछि अवरुद्ध बाटो अझै  खुल्न सकेको छैन ।  यातायात अवरुद्ध ले दशै मनाउन गाउ फर्कनेहरु समस्यामा परेका छन् ।  गत असारको अन्तीम महिनामा परेको अविरल वर्षाले  ती ग्रांमिण सडक क्षतीग्रस्त  हुदा  महिनौ दिन सम्म यातायात नचल्दा पहाडी भेगको जनजिबन कष्टकर बनेको थियो । 
 
अहिले फेरी  पहिलेकै समस्या  दोहोरीएको छ ।  रौतामाई गाउपालिकाका  अध्यक्ष गजेन्द्र  खड्काले दुई दिन अघिको वर्षाले  निकै क्षति  पु¥याएको  बताए । मुकुर्ची माझखर्क खण्डको खमारे , डिल्लीबर र सिन्कौलेमा धेरै ठाउमा  पहिरो ले बाटो अवरुद्ध गरेकोले खोल्ने  प्रयास भैरहेको  बताए । ‘दशैमा जसरी भएपनि  यातायात चलाउने गरी बाटो  खोल्ने काम गर्नेछौँ । ’  उनले भने । ‘एक  सातादेखी बाटो वन्द  ले कूनै सवारी चलेको छैन ।  दशैमा घर  जाने हरु  समस्यामा परेका हुन् । ’

उनले भने । रौतामाई र लिमचुङबुङ गाउपालिका मिलेर  अवरुद्ध बाटो खोल्ने  काम शुरु गरेको उनले बताए।  ‘ साउन  मा पनि अवरुद्ध बाटो खोल्न ठूलै धन राशी खर्च  भएको
थियो ।  अहिले पनि खर्च बढी लाग्ने संभावना छ । ’ अध्यक्ष खड्काले भने । 
गाउपालिका एक्लैले खर्च धान्न कठिन भएकोले  प्रदेश सरकार संग समेत  सहयोग माग गरीएको उनले बताए । भारी वर्षा अघि  खाद्यान्न लगायतका सामग्री  बोकेर पहाडी भेग तर्फ  गएका ट्याक्टर, बलेरो  गाडी विच बाटैमा रोकीएको  व्यापारी प्रेम  मगरले भने ।  केही ठाउको  पहीरो   हटाउन कठिन भएको ले यातायात सूचारुहुन  समय लाग्ने बताए ।  दशै अ िबाो नखुले ग्रामिण हहाडी भेगमा खाद्यान्न लगायटका सामग्रीको निकै अभाव हुने स्थानिीय सविता कार्कीले बताईन्। उनले दूवै गाउपालिका मिलेर बाटो खोल्ने काम भए दशै अघि नै  यातायात सूचारु हुने  बताईन् ।  
कटारी  बेतिनी सडकमा खसेको पहिरो अझै नहटाउदा  बाटो अझै अवरुद्ध बनेको कटारी  बेतिनी सडकमा खसेको पहिरो अझै नहटाउदा  बाटो अझै अवरुद्ध बनेको छ ।  उक्त सडक खण्डमा पनि धेरै  ठाउमा पहिरोले  सडक पुरेको  छ । वर्षाले क्षती पु¥याएको  उक्त बाटोको पहिरो पन्छाउन प्राविधिक सहितको स्काभेटर मंगलबार देखी खटाइएका कटारी नगरपालिकाले जनाएको  छ । ‘ आज देखी पहिरो पन्छाउने  काम  शुरु गरको छौ । ’ कटारी नगरपालिकाका मेयर  काजी  श्रेष्ठले भने ।  ‘काम शूरु भएकोले पर्सी देखी यातायात सूचारु हुन्छ । ’ उनले साउनमा पनि बाटो  लाई ठूलो  क्षती पुगेको बताए । 
केही दिन अघि परेको निरन्तर वर्षाले  फेरी पनि बाटो लाई क्षतीग्रस्त  तुल्याएको उनले बताए ।  ‘यो वर्ष  निकै वर्षा भएकोले ग्रामिण  सडक लाई तहसनहस तुल्यायो बाटो मर्मत संभार  गर्न  मात्र लाखौँ रुपैया खर्च भयो । ’ उनले भने । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.