Websoft University

स्कुल प्रिन्स एण्ड प्रिन्सेसको दोस्रो अडिसनमा १३ प्रतिस्पर्धी


विराटनगर, १८ असोज । स्कुल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को दोस्रो अडिसनमा १३ जना प्रतिस्पर्धी सहभागी भएका छन् । हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजनामा विराटनगरमा आज भएको दोस्रो अडिसनमा मोरङका विभिन्न विद्यालयमा अध्ययनरत छात्रा सहभागी भएका हुन् ।

यसअघि पहिलो अडिसनबाट २१ जना प्रतिस्पर्धी छनौट भइसकेका छन् । पहिलो र दोस्रो अडिसनबाट उत्कृष्ट २५ जना किशोरी र १० जना किशोर फाइनलका लागि छनौट गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक अर्जुन श्रेष्ठले बताए । दोस्रो अडिसनको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित, आयोजक संस्थाका कार्यक्रम निर्देशक सुशील घिमिरे, मिस नेवाःकी विजेता सहिसा श्रेष्ठ र रोशनी पौडेल रहेका थिए ।

निर्णायक नवोदितले यस्ता प्रतिस्पर्धाले विद्यार्थीमा आत्मबल वृद्धि हुनुका साथै प्रतिस्पर्धी भावना जागृत हुने बताए । विद्यालयका पाठ्यक्रमबाहेक अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने नवोदितको भनाइ थियो । मिस एसईई मोरङ २०१९ को पूर्ण सफलतापछि स्कुल प्रिन्स एण्ड प्रिन्सेस् प्रतियोगिता आयोजना गरेको श्रेष्ठले बताए ।

‘सीप र संस्कारसहितको सौन्दर्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिएको कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए । अडिसन राउण्डबाट छनौट भएका प्रतियोगीहरू विद्यालय विदा रहेको खाली समयमा दसैं र तिहार बीचमा बन्द प्रशिक्षण हुनेछ ।

 प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ, जीवन बिमाका साथै विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपलाई क्रमशः १६ हजार र १२ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाका सल्लाहकार नरेश श्रेष्ठले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.