Websoft University

बजार अनुगमन नहुँदा महँगी र मिसावटको मारमा उपभोक्ता


ईश्वर तामाङ, उदयपुर, असोज १६ गते।  रातो तारा डट कम, सम्बन्धित निकायले बजार अनुगमन गर्न नसक्दा आम उपभोक्ताहरु म्याद नाघेका र अखाद्य बस्तु खरिद गर्न बाध्य भएका छन् । बिगतमा चाड पर्वको बेलामा मात्र हुने बजार अनुगमन नहुँदा अहिले उदयपुरका उपभोक्ता मारमा परेका हुन् । बजारमा म्याद सकिएका खाद्यन्न बस्तु बिक्री देखि व्यापारीले मनोमौजी गर्दा पनि उदयपुरमा बजार अनुगमन हुन सकेको छैन । दशैँ, तिहार छठ नजिकिँदै गर्दा पनि बजार अनुगमनमा सम्बन्धित निकायले ध्यान नदिँदा उपभोक्ता मारमा परेको हो । वर्षेनी दशैँको मुखमा हुने बजार अनुगमन पनि यो वर्ष कतै भएकोे छैन ।

उदयपुरमा बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी चल्ने गरेको उपभोक्ताको गुनासो छ । बजार अनुगमन कमै मात्रमा हुने गरेको छ । खुले आमा मिसावट गरिएका अखाद्य बस्तुको बिक्री वितरण र ठगीको धन्दा व्यापारीहरुले गरि रहेको उपभोक्ताहरुको आरोप रहेका छन । बजार अनुगमन नहुँदा मिसावट गरिएका खाद्यन्न, म्याद सकिएका खाद्यन्न सबै खोटाङ ढुवानी हुने गर्दछ । खोटाङ ढुवानी हुने विभिन्न प्रकारका उपभोग्य वस्तु उदयपुरको कटारी, गाईघाट, बेल्टार लगायतका बजारबाट ढुवानी हुने गर्दछ । उदयपुरकै बजार अनुगमन नभएपछि व्यापारीहरुले खोटाङका बजारमा पु¥याएर मिसावट गरिएका खाद्यन्न, म्याद सकिएका खाद्यन्नको बिक्रि वितरण गरि रहेको उपभोक्ताको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय लगायतले बजार अनुगमन समय समयमा नगर्दा उपभोक्त ठगिदै आएको उपभोक्तको दुखेसो छ । जिल्लाको कटारी, गाईघाट, बेल्टार, घुर्मीका बजार उदयपुरका प्रमुख बजार हुन । प्रमुख बजार नै अनुगमन नहुँदा ग्रामीण क्षेत्रका बजारबाट उपभोक्ता ठगिदै आएका छन । दसैँ तिहार आयो एक पटक बजार अनुगमन गरि दिए व्यापारी पनि सचेत हुने थियो, गाईघाटको स्थानीयबासी अस्मिता मगरले बताईन ।  बजार अनुगमन नहुँदा व्यापारीहरुले पनि मनपरी गरि रहेका छन,’ उनले भनिन्, ‘बजार अनुगमन नहुँदा होटल तथा मिठाई पसलको भान्सा हेरि साध्य छैन, आगोमा पकाएर दैनिक रुपमा उपभोग गर्ने जेरी, समसा, मिठाई लगायतका पसलसमा झिँगा भन्कि रहेका हुन्छन् ।

यता, नापतौल विभाग अन्तर्गत पर्ने ढक, तराजु समेत ढुंगा र काठको समेत प्रयोग भइ रहेको छन् । चामल, दाल, दालमोड, भुजिया, चकलेट, बिस्कुट लगायत तौल गरेर बिक्री हुने वस्तुमा समेत उपभोक्ता ठगिने गरेका छन । बजारमा अनुगमन टोली आँउदैन किन व्यापारीहरुले टेर्छन, ढुँगा काठको ढक बनाएर तौलि रहेका हुन्छ, खासै बजार अनुगमन भएको देखिएको छैन । त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र भगवतले पहिला भन्दा व्यापारी धेरै सुधार भएको बताए । मुचुर्की, नेपालटार लगायतका क्षेत्रमा धेरै कमै मात्रमा व्यापारीहरुले म्याद गुज्रेका सामानहरु बिक्री वितरण गरेका हुन सक्छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले निरन्तर रुपमा बजार अनुगमन भइ रहेको बताए । बजारमा अनुगमन गर्ने अधिकारी स्थानीय तहलाई पनि ऐनले दिएको छ,’ उनले भने, ‘हामीले पनि जहाँ अनुगमन गर्छौ, त्यहाँ स्थानीय तहलाई पनि समावेश गरेर अनुगमन गर्ने गरेका छौ  स्थानीय तहलाई बजार अनुगमन गर्न अधिकार दिएपछि व्यवाहारिक समस्या आएकाले प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेको स्विकार पनि गरेका छन । स्थानीय तहलाई बजार अनुगमन गर्ने अधिकार पनि दिइयो,’ उनले भने, ‘त्यहाँ व्यवहारिक समस्या आएकाले प्रभावकारी रुपमा बजार अनुगमन हुन सकेको छैन ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.