Websoft University

मोटरसाईकलको ठक्करबाट बृद्दाको मृत्यु


सुनसरी, असोज १४ गते । रातो तारा डट कम,सुनसरीको ईटहरी-१७ नमुनाटोल स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट ७५ बर्षिय एक बृद्दाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजेको समयमा पश्चिम बाट पूर्ब तर्फ जादै गरेको को ४ प ३५३१ नम्बरको मोटरसाईकलले सोही स्थान बस्ने ७५ बर्षिया पार्बती देबी चौधरीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएकी उनलाई स्थानिय मेडिकलमा उपचार गराए पश्चात घर लगिएकोमा आज बिहान ५ बजेको समयमा उनको मृत्यु भएको थियो । मोटरसाईकल र मोटरसाईकल चालक सुनसरीको बराह नगरपालिका-३ बस्ने रमेश राईलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.