Websoft University

४० हजार घुस सहित दुई जना पक्राउ


काठमाण्डौ असोज १५ गते । रातो राता डट कम,कपिलवस्तुमा ४० हजार घुस सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिका ८ विसनपुरमा रहेको श्री बाल ज्योति माध्यामिक विद्यालयकाका प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी राम कुमार लोनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुससहित पक्राउ गरेको छ । विद्यालयमा विज्ञान शिक्षक भर्ना गराउने भन्दै मौर्य र लोनियाले घुस लिएका थिए । चन्द्रौटाको न्यू सिद्धार्थ होटलबाट कार्यलय सहयोगी लोनियाले उक्त रकम वुझेको र प्रध्यानाध्यापक पनि सोहि ठाउँमा रहेको प्रहरीले जनाएको छ । उनिहरुमाथि थप अनुसन्धान भई रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.