Websoft University

मोरङको सुन्दरहरैंचामा दोस्रो नगरमाता र नगरपिता घोषणा ।


शिव भट्टराई,मोरङ।रातो तारा डट कम,अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर मोरङको सुन्दरहरैंचा नगरपालिकाले १ वर्षको लागि दोस्रो पटक नगरमाता र नगरपिता घोषणा गरेको छ । ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाको आयोजनामा भएको कार्यक्रममा नगरमाता र नगरपिता घोषणा गरिएको हो ।

सुन्दरहरैंचा– ७ की १ सय १ वर्षीया मनमाया लुइँटेल र सुन्दरहरैंचा– ९ का १ सय वर्षीय दर्जमान राई क्रमशः नगरमाता र नगरपिता घोषित भएका हुन् । गत वर्ष ज्येष्ठ नागरिक दिवसकै दिन सुन्दरहरैँचा – ७ की १ सय १० वर्षीया महेश्वरा अधिकारी र सुन्दरहरैंचा – ८ का १ सय ३ वर्षीय रामबहादुर तामाङ नगरमाता र नगरपिता घोषित भएकाथिए ।

मङ्गलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, विशिष्ट अतिथि उपमेयर धनमाया तामाङ, अतिथि भोलेश्वर दुलाल, आयोजक संस्थाका अध्यक्ष रामकुमार कार्कीलगायतले विशेष सम्मानका साथ नगरमाता र नगरपिता घोषणा गरेका थिए ।

नगरमाता र नगरपितालाई दोसल्ला, सम्मानपत्र, लठ्ठी, थाल, बटुका, पानी तताउने इलेक्ट्रिक जग, छाता तथा जनही नगद ८ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, प्रत्येक वडाका ज्येष्ठ १ जना महिला र १ जना पुरुषलाई दोसल्ला र सम्मानपत्रका साथमा नगद १ हजार २ सय रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर ढकालले ज्येष्ठ नागरिकलाई गरिने सम्मानले ऊर्जा थप्ने बताए । नगरमा रहेका ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै उपचारको व्यवस्था गर्ने तयारी भइरहेको र ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउने योजना रहेको पनि उनले बताए । सबै वडामा सामाजिक सुरक्षा भत्ताको रकम निकासा भइसकेकाले धेरै वडाले दशैं अघि नै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उनको भनाइ थियो ।

त्यस्तै, अतिथि दुलालले उत्कृष्ट छोराबुहारीलाई पनि सम्मान गर्नुपर्ने बताए । ज्येष्ठ नागरिकको लागि आफूले सक्दो मद्दत गर्ने उनको भनाइ थियो । पूर्णप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको औचित्यमाथि संस्थाका महासचिव रामप्रसाद गजुरेलले प्रकाश पारेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.