Websoft University

संसद सचिवालयले बेबसाइटबाट सभामुखबाट महराको नाम पनि हटाइयो


काठमाण्डौ असोज १५ गते । रातो तारा डट कम,सभामुख कृष्णबहादुर महराको राजीनामा संसद सचिवालयले स्वीकृत गरेको छ । यौन दुव्र्यहारको आरोप लागेपछि महराले हिजो राजीनामा दिनुभएको थियो । प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ (२) बमोजिम उपसभामुखको आदेश अनुसार महराको राजीनामा स्वीकृत भएको जानकारी सूचनापत्रमा प्रकाशन गरिएको छ । महराले हिजो उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाउनुभएको थिया । महराको राजीनामा पत्रमा उल्लेखित ‘मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ भन्ने वाक्यांश हटाउँदै उहाँलाई सभामुख पदबाट हटाइएको उल्लेख गरिएको छ । राजीनामा स्वीकृत भएसँगै संसद सचिवालयले बेबसाइटबाट सभामुखबाट महराको नाम पनि हटाएको छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.