Websoft University

सुन्दरहरैचामा बजार अनुगमन,

शिव भट्टराई,मोरङ।रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिकामा बजार अनुगमन गरिएको छ । सुदरहरैचा नगरकार्यपालिकाको आयोजनामा र सुन्दरदुलारी उधोग वाणिज्य संघ र कोशीहरैचा उधोग वाणिज्य संघको सहयोगमा सुन्दरहरैचा नगरपालिकाको विभिन्न स्थानमा बजार अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा सुन्दरहरैचा नगरपालिका भित्र व्यापार व्यवसाय गर्ने उधोगी,व्यापारीहरुले नगरपालिकामा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको पाइएको सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दाहालले बताए । उनले आजबाट थालिएको बजार अनुगमन प्रभावकारी भएको भन्दै यो अनुगमन जनचेतना मुलक भएको बताए । उनले व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको कारण दोस्रो चरण देखि व्यवसाय दर्ता प्रणालीमा कडाई गरि नगरको आय करमा वृद्धि हुने अपेक्षा गरिएको बताए ।

त्यस्तै सुन्दरदुलारी उधोग वाणिज्य संघका अध्यक्ष किशोर कार्किले बजार अनुगमन प्रभावकारी भएको बताएका छन । उनले नगरपालिकाले महिनामा पटक पटक बजार अनुगमन गर्नु पर्ने बताए । उनले नगरपालिकाले कर बढाउनु भन्दा करको दायरा बढाउनु पर्ने बताए ।

आज गरिएको बजार अनुगमनबाट सुन्दरहरैचाका विशेष गरि होटल, फ्रेस हाउस बाट अखाध वस्तु बरामद गरि घटना स्थलमा नै उक्त वस्तुलाई डिस्पोज गरिएको छ भने केही अस्पतालमा म्याद सकिएको औषधी समेत अनुगमन टोलीले डिस्पोज गरेको छ ।

अनुगन टोलीले सुन्दरहरैचा नगरपालिकामा व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने फर्महरुलाई व्यवसाय दर्ता गर्न आग्रह समेत गरेको छ ।

अनुगमनमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, उपमेयर, कार्यपालिका सदस्य विभिन्न शाखाका शाखा प्रमुख, नगरपालिकाका कर्मचारी, सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यलय बेलबारी साथै स्थानिय सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.