Websoft University

कोसेली महोत्सव आज समापन


बिराटनगर । रातो तारा डट कम,राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं,स्वदेशी उत्पादनको प्रयोग गरौं भन्ने मूल नाराका साथ उद्योग संगठन मोरंङ, महिला उद्यम समिति तथा नेपाल युवा उद्यमी मंच,  को आयोजनामा तथा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. १, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १, विराटनगर महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको प्रवद्र्धनमा संचालन भएको कोसेली महोत्सव २०७६ को प्रदेश नं. १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियतको प्रमुख आतिथ्यमा आज मिति २०७६ असोज १५ गते समापन कार्यक्रम सम्पन्न भयो । 

घरेलु तथा कुटिर उद्योगहरुद्धारा उत्पादित वस्तुको व्यापार प्रबद्र्धन, महिलाद्धारा संचालित उद्योगबाट उत्पादित वस्तुको वजार पहु“च, नय“ा उत्पादन वारे जानकारी, उत्पादक र उपभोक्ता वीच सम्वन्ध विस्तार, कृषि तथा औद्योगिक क्षेत्रको विकास, अर्गेनिक वस्तुको उत्पादन र उपभोगमा जोड, महिला तथा युवाहरुमा उद्यमशिलता विकासमा सघाउ पु¥याउदै स्वरोजगार तर्फ उन्मुख गराउने उद्देश्यले कोसेली महोत्सव आयोजना गरिएको थियो ।

दुगड फुड एण्ड स्पाईसेस प्रा. लिको मूख्य प्रायोजन, सिर्जना फाईनान्स र हुलास खाद्यान्नको सह–प्रायोजन, विराटनगर अस्पताल प्रा.लिको प्रायोजन रहेको महोत्सवमा जम्मा १०० वटा स्टल रहेको थियो भने ६ दिनसम्म संचालित महोत्सवमा पूर्वको पहाडी जिल्लाको अल्लो तथा अल्लो निर्मित कपडा, राडी, पाखी, मह, अकवरे खोर्सानीको अचार, गुन्द्रुकको, लप्सीको छोपका साथै चामल तथा दलहन, मोरंग, झापा जिल्लामा उत्पादित मह, कागतीका उत्पादनहरु, नेपाली खानाका परिकार शेल रोटि, कोदोको मम, विविधिलाई समेटदै महाराष्ट्रको वडापाउ राखिएको थियो भने स–साना वालवालिकाका लागि केण्डी फ्लस समेत समावेश गरिएको थियो ।

तराईका महिला तथा युवाद्धारा संचालित कुटिर, साना उद्योगका साथै मझौला तथा ठूला उद्योगहरुको उत्पादनका एवं सेवामूलक उद्योग, स्थास्थ क्ष्ँेत्र, वैंक तथा वित्तिय संस्थाहरुले आफ्नो सेवाका सम्वन्धमा उपभोक्तालाई जानकारी गराई वजार प्रवद्र्धन गर्नुु भएको महोत्सव अवधिमा करिव १५ लाखको कारोवार  भयो भने विराटनगर र आसपास क्ष्ँेत्रका गरी करिव ६ हजार भन्दा वढी दर्शकले महोत्सवको अवलोकन गर्नु भएको थियो ।

त्यसैगरी महोत्सवका सहभागिलाई लक्षित गरी विराट नर्सिङ होम र न्यूरो हस्पिटलले निःशुल्क स्वास्थ्य परिक्ष्ँण गर्नुका साथै परामर्श उपलब्ध गराई स्वास्थ्य सम्वन्धि जनचेतना जगाउनु भएको थियो । भने आन्तरिक राजश्व कार्यालय, कृषि विकास वंंैकका प्रतिनिधिले राजश्व दर्ता प्रकृया, वैंक तथा विक्तिय संस्थाले उद्योग÷व्यवसाय क्ष्ँेत्रलाई प्रदान गरेको सुविधाका सम्वन्धमा जनचेतना मूलक कार्यक्रम संचालन गर्नु भएको थियो ।

महोत्सवलाई सफलतापूर्वक संचालन गर्न सहयोग पु¥याउनु हुने प्रवर्दक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. १, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघका साथै प्रहरी, प्रशासन, विभिन्न संघ÷संस्था, महोत्सवमा स्टल राखी सहभागि जनाउनु हुने प्रदर्शक, दर्शकका साथै उद्योगी÷व्यवसायी, संचारमाध्यमहरु लगायत दर्शकहरु सबैप्रति आयोजक उद्योग संगठन मोरंग, महिला उद्यम समिति, नेपाल युवा उद्यमी मंच, विराटनगर च्याप्टरका तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।





मनोज विक्रम शाह                                                 गिरिजा सारडा
संयोजक                                                             संयोजक
कोसेली महोत्सव                                                  कोसेली महोत्सव
२०७६ असोज १५ गते, वुधवार
विराटनगर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.