Websoft University

पारवहन विषयमा जुट्यो सहमति


काठमाण्डौ असोज १६ गते । रातो तारा डट कम,नेपाल र भारतका वाणिज्य सहसचिवस्तरीय बैठकले दुई देशबीच पारवहनका विषयमा सहमति जुटेको छ । नेपालले अब ४ जलमार्ग प्रयोग गरेर सामान ढुवानी गर्न पाउने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालकाअनुसार भारतसँगको छलफलका क्रममा जल तथा रेल यातायातका माध्यमबाट पारवहन सुविधा उपयोग गर्ने सम्बन्धी सन्धिलाई संशोधन गर्ने विषयलाई महत्वका साथ उठाइएको छ ।

पारवहन सन्धिको प्रस्तावित ‘लेटर अफ एक्सचेन्ज’ को मस्यौदालाई अन्तिम रुप दिइएको ढकालले बताउनुभयो । जलमार्ग प्रयोगका विषयमा अन्तिम चरणमा रहेको उक्त मस्यौदाका प्रावधान अनुसार भारतको हल्दिया, साहिबगञ्ज, कालुघाट र वनारसमा रहेका आन्तरिक जल यातायातका टर्मिनलहरु प्रयोग गरी नेपाली सामान ढुवानी गर्न सकिनेछ । 

नेपाल–भारत पारवहन सन्धिमा समावेशपश्चात् नेपालले कोलकत्ता–हल्दियाबाट गंगा नदीमा निर्मित भारतको आन्तरिक जलमार्ग प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज समेत सञ्चालन गर्न सकिनेछ। त्यसैगरी, कलकत्ता–कालुघाट–रक्सौल जलमार्गमा पनि नेपाली पानीजहाज चल्ने सहसचिव ढकालले जानकारी दिनुभयो । 

यसअघि सन् २०१६ सालमा नवीकरण भएको वाणिज्य सन्धि पुनरावलोकन गर्न थप छलफलका लागि दुई देशबीच सचिवस्तरीय अर्को बैठक काठमाडौंमा बस्नेछ । जसले सन् २०२३ सम्मका लागि हुनेगरी वाणिज्य सन्धिको पुनरावलोकन गर्नेछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.