Websoft University

अत्याधिक सवारी चाँपका कारण गाईघाटमा पार्किङस्थलको समस्या


ईश्वर तामाङ÷ उदयपुर, असोज १७  गते।  रातो तारा डट कम,तीब्र शहरीकरणसँगै अत्याधिक सवारी चाँपको कारण गाईघाट बजारमा पार्किङ्गको समस्या हुन थालेको छ । सवारी साधनको चाँप अत्याधिक बढेपछि त्रियुगा नगरपालिकाको सदरमुकाम गाईघाट लगायत अधिकाँस बजार क्षेत्रमा पार्किङ स्थलको व्यबस्था नहुँदा सवारी साधन सडक मै पार्किङ गर्नु पर्ने बाध्यता रहेको छ । बजार क्षेत्रमा पार्किङ स्थलको उचित व्यवस्था नहुँदा सवारी आवगमनमा समेत समस्या हुदै आएको छ । सडकमै सवारी साधन पार्किङ गरिँदा बजारको सौन्र्दय समेत बिग्रिएको स्थानीय ब्यापारीहरु बताउँछन ।

सुरक्षा र ट्राफिक व्यवस्थापनको दृष्टिले पनि पार्किङस्थलको अति नै आवश्यकता छ, स्थानीयबासी पर्शुराम थापाले भने, तर नगरपालिकाले पार्किङ स्थलको दीर्घकालिन सोच बनाएको छैन ।  जथाभावी सवारी साधन राखिने भएकाले गाईघाट बजारको सौन्दर्य बिग्रिनुका साथै बजार अस्तव्यस्त हुने गरेको उनको भनाई रहेको छ । बैक लाईनमा दैनिक २ हजार भन्दा बढी सवारी पार्किङ्ग हुन्छ, त्यहाँ अब्यवस्थित रुपमा नगरपालिकाले त्यस क्षेत्रमा राखिएको निर्माण सामाग्री हटाएर ब्यवस्थित रुपमा पिच बनाएर पार्किङ्ग स्थल निर्माण गरेर शुल्क उठाउन सके नगरपालिकाको नियमित आम्दानी श्रोत हुने थियो, थापाको भनाई रहेको छ ।

जनसंख्याको बृद्धिसँगै नगर क्षेत्रमा दैनिक साना ठूला सवारी साधनको चाँप अत्याधिक बढ्दै गएको छ, बजार क्षेत्रमा जभाभाबी रुपमा पसल अगाडी सवारी साधान पार्किङ्ग गर्दा आफनो पसलमा जान समेत मोटरसाईकल फन्छाएर जानु पर्ने बाध्यता रहेको स्थानीय ब्यापारी गणेश खड्काको भनाई रहेको छ । पसल अगाडी जथाभाबी अब्यवस्थित पार्किङ गर्दा ब्यापार ब्यवसायमा समेत असर परेकाले यसलाई सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको खड्काले औल्याए ।

उनले भने, तर नगरपालिका छेउको सामान्य ठाउँ बाहेक अन्य कतैपनि पार्किङ स्थल छैन । बजार व्यवस्थित गर्न र नगरको सौन्र्दय बढाउन पार्किङस्थल आवश्यक हुने उनको भनाई छ । यसलाई निश्चित स्थान तोकेर ब्यवस्थित गर्नु पर्नेमा जोड दिए । जनसंख्याको बृद्धिसँगै नगर शहरीकरण तिर उन्मुख हँुदै जाँदा अहिलेको कार्यालय समेत सा“घुरो हँुदै गएको र नगरपालिकासँगै बैंक समेत रहेकाले दिउँसो आवतजावत गर्नै समस्या हुने उनले सुनाए । बजारका हरेक चोकमा जथाभावी गरिने पार्किङले नगरलाई कुरुप बनाउँदै गएकोमा स्थानीयबासीले चासो व्यक्त गरेपनि सरोकारवाला निकायले खासै वास्ता गरेको छैन । नगरको मुख्य क्षेत्र प्रवेश गर्न त्रियुगा नदीदेखि मुख्य चोकसम्मका सडक किनारामा पार्किङ र ग्यारेज छ । यसले गर्दा ट्राफिक समस्या बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।

बजारको मुख्य चोकदेखि उत्तर दक्षिण सडकमा जथाभावी साना ठूला सवारी साधनको पार्किङ हेर्दा सडक छुट्याउनै गार्हो हुन्छ, स्थानीय सुनचाँदी ब्यवसायी  इन्द्रनारायण साहले भने सडक व्यवस्थित गर्न नसक्दा जथाभावी पार्किङ हुने गर्छ । नगरपालिकाले सक्रियता देखाए पार्किङसँगै आम्दानीको श्रोत समेत बढ्ने उनले बताए ।

नगरपालिकाले व्यवस्थित पार्किङस्थल बनाएर आम्दानी गर्ने सोच नलिँदा पनि समस्या बढ्दै गएको हो । अन्य नगरपालिकाले पार्किङस्थल बनाएर मासिक लाखौं रुपैयाँ आम्दानी गरि रहेका भएपनि यहाँ भने त्यो हुन सकेको छैन । पार्किङस्थलको अभाव हुँदा हरेक दिन गाईघाट बजारको मुख्य सडक , बैंक रोड र पिजी चोकदेखि बोक्से जाने बाटोसम्मको ट्राफिक व्यवस्थापन गर्न समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका प्रमुख प्रहरी नायब निरिक्षक दिनेशकुमार चौधरीको भनाई रहेको छ ।

गाईघाटको त्रियुगा नगरपालिका देखि बिपि चोक सम्म बैकिंङ सेवा र नगरपालिकाको सेवा लिन आउने सर्बसाधारणको भिड विशेष गरी बैंक रोडमा हुने भएकाले यहाँ व्यवस्थापन गर्न समस्या हुन्छ  ट्राफिक प्रहरी शम्भु थापाले भने, व्यवस्थित पार्किङ्ग स्थल हुने हो भने बजारको सुन्दरता कायम राख्न र दुर्घटना न्यूनिकरण गर्न सजिलो हुने थियो । यससँगै नगरपालिकाको आम्दानी समेत बढ्ने उनको तर्क थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.