Websoft University

लागुऔषध खैरो हेरोईन र हतियार सहित १ पक्राउ


सुनसरी, असोज २७ गते । रातो तारा डट कम,सुनसरीको धरान उपमहानगरपालिका-९ आचार्य लाईनबाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-३ घर भई आचार्य लाईन धरानमा डेरा गरी बस्ने २३ बर्षीय निरज कुमार राउतलाई लागुऔषध र हतियार सहित डेराबाट नै पक्राउ गरेको हो । राउतको डेराबाट प्रहरीले ठुलो चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र १३ राउण्ड गोली बरामद गरेको छ । यसैगरी  DIALEX-DC 100ml को २२५ बोतल, खैरो होरोइन ७ ग्राम, Nitrosun ६४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, नगद ११,३३०। , तौल गर्ने डिजिटल मेसिन १ थान, मोवायल १ थान लगाएत अन्य कागजात समेत बरामद गरेको छ । लागुऔषध र हतियार सहित पक्राउ परेका राउतको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.