Websoft University

घरघरमा फूलपाती भित्र्याइदै


मोहन कुमार राई-असोज १८ गते । रातो तारा डट कम, संखुवासभा-नेपालकै चर्चित पूर्वी पहाडमा अवस्थित चैनपुर नगरपालिकामा रहेको शक्तिपीठ सिद्धकाली मन्दिरमा  शक्ति श्वरुपमा देवीको विधिवत पूजाआरधना गरी नवरात्रको ७ औं दिन घरघरमा फूलपाती भित्र्याका छन् । 

आजैका दिन चैनपुर नगरपालिका ७ स्थित पुरानो चैनपुरबाट मगरजातीले जोगीको भेषमा बेलपत्र, उखु, हलेदो, विभिन्न फूलपातिहरु सहित सिद्धकाली मन्दिरमा फूलपाती भित्र्याइने गरेको मन्दिरका पुजारी टंकनाथ महन्तले वताउनुभयो । 

मन्दिर वृहत्तर विकास र पर्यटन फूलपातीकै अवसरमा गरिएको एक कार्यक्रमका प्रमुख अतिथि एवं संघिय सांसद राजेन्द्र प्रसाद गौतमले बडादशैंको शुभकामना दिनुहुँदै आउन लागेको पर्यटन वर्ष २०२० लाई सफल पार्न यस पवित्र मन्दिर सिद्धकालीको वृहत्तर विकासका लागि नजिकै रहेको गुजेश्वरी मन्दिरको समेत निर्माण गरी धार्मिक रुपबाट पर्यटन पर्वधन गर्न सकिने वताउनुभयो । 

मुलुक संघिय संरचनामा गए सँगै यसै वर्षबाट चैनपुर नगरपालिकाले नै मन्दिरमा फूलपाती एवं वडाइ कार्यक्रमलाई संस्थागत गदै आगामी वर्षहरुमा अझ राम्रो ढंगले यसको विकास गर्दै लैजान नगर प्रमुख भरतकुमार खत्रीले वताउनुभयो । धार्मिक पर्यटन प्रर्वधनका लागि कोष व्यवस्था गर्ने समेत नगरप्रमुख खत्रीले वताउनुभयो । 

बोटानिकल गार्डेन
यसैगरी प्रदेश सांसद तुलसी प्रसाद न्यौपानेले मन्दिर परिसरमा धार्मिक प्रजातीको वृक्षरोपण गरी वोटानीकल गार्डेन निमार्ण गर्न सुझाव दिनुभयो । 

सुरक्षा नियकाबाट बडाई
फूलपातीकै अवसरमा मन्दिर प्राङ्गणमा सशस्त्र प्रहरी बल नेपाल नं ४ अरुण गुल्म हेडक्वाटर संखुवासभा र नेपाल प्रहरीको संयुक्त टोलीबाट सलामी अर्पण गरेका थिए । उच्च पदस्त कर्मचारी, राजनीतिक दल, नागरिक समाज, लगायत हजारौ दर्शनार्थीहरुको भिडका बीच फूलपाती बडाई सम्पन्न भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.