Websoft University

मुसहर बस्तीका बालबालिकासँग गायक पोखरेलले मनाए जन्मदिन


विराटनगर,असोज ७ गते । रातो तारा डट कम,चर्चित गायक सीताराम पोखरेलले विराटनगर–१६ दरैयास्थित ऋषिदेव बस्तीका बालबालिकाह?लाई स्टेशनरी सामग्री वितरण गरे । आफ्नो जन्मदिनको अवसर पारेर ऋषिदेव बस्तीका बालबालिकाहरुलाई स्टेशनरी सामग्रीसहित विस्कुट, चलकलेट, केकलगायत वितरण गरे ।

आर्थिक रुपमा विपन्न समुदायका बालबालिकालाई लेखपढ गर्न सहज होस् भन्ने उद्देश्यले स्टेशनरी सामग्री वितरण गरेको गायक पोखरेलले बताए । उनले सोही अवसरमा आफ्नो जन्मदिन बस्तीका बालबालिकासँग केक काटेर मनाउनुभएको थियो । बस्तीका बालबालिकाका लागि लायन्स क्लब अफ पाथीभराले पढ्नका लागि निर्माण गरिदिएको १ कोठे भवनमा बिजुलीको वाइरिङ गरिदिनुभएको छ ।

यस्तै गायक पोखरेलको ‘अल्कोहोेलिक लभ’ एल्बम पनि विमोचन गरिएको थियो । विराटनगर–१६ का वडाध्यक्ष मनोज सुब्बा, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, उपाध्यक्ष कुमोद अधिकारी, प्रेस युनियनका निवर्तमान अध्यक्ष मीनकुमार नवोदित, ऋषिदेव समाजका ज्येष्ठ नागरिक बालदेव ऋषिदेवलगायतले एल्बमको बिमोचन गरेका थिए ।

 अल्कोहोलिक लभ’ एल्बममा नेपाली पप र आधुनिक ६ वटा गीतहरु रहेका छन् । विराटनगर १६ का ऋषिदेव र मुस्लीम बस्तीका ६० घरपरिवारका छोराछोरीलाई शारीरिक रुपमा अपाङ्गता भएका राजु क्षेत्रीले दैनिक रुपमा व्हील चियरमा गएर पढाउँदै आएका छन् । यसैगरी कलाकार पारस थापाले पनि डेढ वर्षदेखि निःशुल्क रुपमा दैनिक २ घन्टा पढाउँदै आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.