Websoft University

लागु औषध सहित मानिस नियन्त्रणमा




बिराटनगर असोज २७ गते । रातो तारा डट कम,मिति २०७६।०६।२३ गते अन्दाजी १७ बजेको समयमा जिल्ला मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं. १० र १२ स्थित पूर्व पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिमतर्फ आई रहेको को १३ प १२७६  नम्बरको अपाची मोटरसाईकलमा सवार जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.२ पशुपति चोक बस्ने बर्ष २० को असिम श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजले साथमा बोकी ल्याएको कालो रंगको साईड ब्याग तलासी गर्ने क्रममा निम्न लिखित लागु औषधहरू फेला परेको र निजलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिईएको । साथै उक्त लागु औषध बिक्रि बितरण हुने गरेको मेडिकल संचालक जिल्ला मोरङ सुन्दरहरैचा वडा नं. ४ बस्ने बर्ष २६ को नरेश यादव समेतलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको  ।
असिम श्रेष्ठको साथबाट बरामद गरिएको सामानहरू
१ spaspain १६७० पिस ट्याव्लेट ।
२। cetadol१६२० पिस ट्याव्लेट ।
३। Rimodol६ पिस  ट्याव्लेट ।
४। huawi कम्पनीको मोवायल १ थान ।
५। को १३ प १२७६ नं। को आपाची मोटर साईकलथान १

तिरूपती मेडिकलबाट बरामद गरीएको सामानहरू-
१ Dialex-DC लेखिएको खाली बोतल २ थान ।
२ Spaspain लेखिएको सेतो पत्तामा जम्मा २१९ पिस ट्यावलेट खाली ।
३ spasmo लेखिएको १९ पिस ट्याबलेट खाली ।

त्यसैगरी,जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ७ बस्ने बर्ष २३ को नवराज राईलाई सवारी दुर्घटनामा परी न्युरो अस्पताल विराटनगरमा घाईतेको उपचारमा लाग्ने सम्पूर्ण औषधी उक्त मेडिकल हलबाट खरीद गर्न भनि अग्रिम रू २ लाख डिपोजिट राखिएकोमा उपचारमा लागेको औषधीको पैसा तिर्न भनि जाँदा औषधी किने बापत दिने बिलमा मुल्य बढाएको शंका लागि हेर्दा औषधीको मुल्य बढाएको देखिएकोले मिति २०७६।०६।२६ गते दिनको अन्दाजी १५, बजेको समयमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १० स्थित न्युरो हस्पिटल अगाडी साक्षी मेडिकल हलमा काम गर्ने जिल्ला सुनसरी भोक्राह नर्सिङ गाउँपालिका वडा नं. ३ बस्ने बर्ष १९ को सन्तोष मेहतालाई सच्याएको बिल सहित पक्राउ गरी ल्याईएको र  अन्य अनुसन्धान कार्य जारी रहेको।











Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.