Websoft University

गैर आवासीय नेपाली दिवस,आज धुमधामले मनाइदै,


काठमाण्डौ असोज २५ गते । रातो तारा डट कम,गैर आवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाईदै 
छ । रोजगारी, बसाईसराई–शिक्षा रोजगारीका कारण बिदेशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भन्ने गरिएको छ । हरेक वर्ष असोज २५ गतेका दिन गैर आवासीय नेपालीहरुको दिवस मनाउने गरिएको छ ।

जसको जन्मभुमि नेपाल भएतापनि कारणवश विदेशमा नागरिकता लिएर बसेका वा पूर्व नेपाली नागरिक भएर विदेशी नागरिकता स्वीकार गरेका नेपालीहरुलाई पनि गैरआवसीयको रुपमा मानिएको छ । सन् २००७ मा जारी गरिएको गैर आवासीय नेपाली ऐनले दक्षिण एसियाली क्षेत्रीय सङ्गठनका सदस्यहरु सार्क देशमा बसोबासगर्ने नेपाली मूलका नागरिक र लामो समयसम्म विदेशमा बस्ने विधार्थीहरु र नेपाल सरकारका परराष्ट्र मातहतका कर्मचारीहरुलाई गैर आवासीय नेपालीमा समावेश नगर्ने स्पष्ट पारेको छ । 

अहिले नेपालका विभिन्न क्षेत्रहरुमा गैर आवासीय नेपालीहरुको लगानी र सहयोग बढ्दै गएको पाइन्छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.