Websoft University


बिराटनगर । रातो तारा डट कम,गैर आवासिय नेपाली संघ एनआरएनएले विश्वभरी छरिएर बसिरहेका नेपालीहरुको हक हितमा विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ। ती गतिविधिहरु अन्तर्गतको एउटा महत्वपूर्ण पाटो हो खेलकुद। एनआरएनले विभिन्न समयमा विदेशमा अनि नेपाल भित्र पनि खेलकद विकासको विभिन्न क्रियाकलापमा सहभागिता जनाइरहेको छ।

खेलाडिहरुको हौसला वढाएको छ र विश्व खेलकुद मानचित्रमा नेपाली खेलाडी माथि उठाउन भूमिका खेल्दै आएको छ। यसले एनआरएनएको गतिविधिमा बृद्धि भएको मात्र नभई समग्र एनआरएनए सदस्यहरुमा उर्जा दिइरहेको देखिन्छ। आठौं राष्ट्रिय खेलकुदमा एनआरएनको टोली समावेश हुनु त्यसको पछिल्लो ताजा उदाहरण हो।

यद्यपी खेलकुदका यी गतिविधिहरु छरिएका छन्। हामीले काम त गरेका छौं। तर त्यो समग्रतामा देखिएको छैन। कहिं कतै हराए जस्तो वा अपुरो जस्तै बनिरहेको अवस्था छ। यसर्थ खेलकुद गतिविधिलाई अब संस्थागत स्वरुप दिन जरुरी भइसकेको छ। नेपाल सरकारसंग हातेमालो गर्दै आधिकारिक र संस्थागत काम गर्न जरुरी छ।

यसै आवश्यकता महशुश गर्दै एनआरएन स्पोर्ट्स एकेडेमी गठन गरिएको छ।
संगठन संरचना
एनआरएनए स्पोर्ट्स एकेडेमी केन्द्रीय कार्यालय नेपालमा स्थापना हुनेछ। केन्द्रमा ११ सदस्यिय कार्यसमिति रहनेछ। जस अन्तर्गत कामहरु गर्न विभिन्न समितिहरु गठन गर्न हुनेछ। तिनिहरु विशेषज्ञ, प्राविधिकहरु हुनेछन्। एकेडेमीमा एनआरएनका अंगहरु समावेश हुनेछ। जस्तै ८० देशमा रहेका राष्ट्रिय समन्वय परिषदका युवा संयोजकहरु यसको पदेन सदस्य हुनेछन्। आवश्यकता अनुसार अन्य सदस्यहरु रहनेछ।

उदेश्य र कार्यान्वयन
एनआरएनए स्पोर्ट्स एकेडेमीले मुख्यत निम्न कार्यक्रमहरु सञ्चालन गर्न केन्द्रीत हुनेछ।
१ खेलाडी पहिचान
एनआरएनएमा रहेका प्रतिभाशाली खेलाडिहरुको पहिचान गरिनेछ र तिनिहरुलाई राष्ट्रिय टोलीमा समावेश गरेर देशको गौरव वढाउन सक्ने बाटोसम्म देखाउने काम गरिनेछ। त्यसनिम्ति   च्भकभबचअज ध्ष्लनक बनाएर एनआरएन खेलाडीहरुको खोजी गर्नेछ। ल्च्ल्ब् मा कस्ता प्रतिभाहरु छन्। तिनिहरु कहाँ छन्। के गरिरहेका छन्। ती सबै विषयको शुक्ष्म खोजी गर्नेछ। यसले एनआरएन खेलकुदको वास्तविक तस्विर देखिनेछ। र त्यसको आधारमा आगामी योजना बुन्न सकिनेछ।   
२ भौतिक पुर्वाधार निर्माण
एनआरएनएले नेपाली खेलकुदलाई सहयोग त गरेको छ। तर त्यो समग्रतामा देखिएको छैन। नेपालमा आवश्यकता अनुसारको एउटा ठोस भौतिक पुर्वाधार निर्माण अगाडि वढाइने छ। यो एनआरएनएको यिलन तभचm एचयवभअत हुनेछ। नेपालमा कुन खेलको वा वहुउदेश्यिय खेलको लागि सहयोग पुग्ने खेल पुर्वाधार के हुनेछ। र यसमा एनआरएनएले कसरी हातेमालोमा काम गर्न सक्छ भन्ने शुत्र खोज्नेछ।
३ सहयोग क्षेत्र
एनआरएनए स्पोर्टस एकेडेमीले खेलकुदको कुन क्षेत्रमा सहयोग गर्दा त्यसले सहि परिणाम दिनसक्छ त्यो क्षेत्रको खोजी र पहिचान गर्नेछ। ताकी निश्चित उदेश्यले गरेको सहयोगले शतप्रतिशत नतिजा दिन सकोस्।
उदाहरणका लागि कुन खेलका कस्ता खेलाडी वास्तविक रुपमा सहयोगका हकदार हुन्। सहयोग नगदमा, खेल सामग्रीमा वा कुन स्वरुपमा दिने हो त्यसतर्फ यसले ठोस सुझाव दिनेछ।
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आउने नेपाली खेलाडीहरुलाई कसरी सहयोग गर्ने भन्ने विषयमा पनि यसले निश्चित मापदण्ड तोक्नेछ।
४ प्रतियोगिता 
एकेडमी मार्फत विश्वभरका खेलाडिहरु प्रत्यक्ष परोक्ष संलग्न हुने गरी प्रतियोगिताको आयोजना गरिनेछ। उदाहरणको लागि ल्च्ल्ब् ऋग्ए टी २० क्रिकेट वा फुटसल प्रतियोगिताको आयोजना गर्नेछ। त्यसमा ८० शाखा र त्यस भित्रको ६ क्षेत्रमा रहेका खेलाडीहरु खेल्नेछन्।
उदेश्य पूरा गर्न एनआरएनए एकेडेमीले ब्अतष्यल एबिल बनाउनेछ। जस अन्तर्गत निम्न कार्यहरु विभाजन गरिनेछ।
बजेट
एनआरएनए स्पोर्टस एकेडेमीको प्रारम्भिक वजेट २ करोड राखिएको छ। वजेटको विश्त्रित विवरण एकेडेमीले तय गर्ने पूर्ण पाठमा पेश गरिनेछ।
धन्यवाद


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.