Websoft University

राई,गुरुङ र खड्गी कोरिया प्रस्थान


काठमाडौ असोज २४ गते । रातो तारा डट कम,१३औँ दक्षिण एशियाली खेलकुद सागका बारेमा छलफल गर्न नेपाल तेक्वान्दो संघका उपाध्यक्ष नन्दु कुमार राई, महासचिव दीपराज गुरुङ र तेक्वान्दो प्रशिक्षक मनोज खड्गी  बुधवार कोरिया तर्फ प्रस्थान गरेका छन् । 

नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलका प्राविधिक,व्यवस्थापन तथा आवश्यक तयारीका बारेमा वृहत छलफल हुने संघको बिज्ञप्तिमा उल्लेख छ । आठौं सागमा तेक्वान्दोको ग्यारोगी विद्या मात्र समावेश गरिएको मा १३ औं सागमा पुन्से बिद्या पनि थपिएको हुदा ध्यचमि त्बभपधयलमय ब्कष्ब  सँग छलफल हुने जानकारी गरिएको छ । 

महासचिव  गुरुङले सहभागि राष्ट्र बङ्गलादेश र भुटानका सम्बन्धित तेक्वान्दो पदाधिकारीसँग पनि दुवै देश भ्रमणका क्रममा छलफल गरि सकेका छन् ।

कार्यक्रमः–

वल्ड जुनियर जुडो च्याम्पियनशिपका लागि मोरोक्को जाने खेलाडीको बिदाई कार्यक्रम ः–

मितिः– २०७५ आश्विन २५ गते,शनिवार ।

समयः– अपरान्ह ठिक ३ः०० बजे ।

स्थानः– राखेप समिक्षालय, त्रिपुरेश्वर ।

प्रमुख अतिथि राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.