Websoft University

जुडो टोलीको बिदाई


काठमाडौ  । रातो तारा डट कम,मोरक्कोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई शनिबार बिदाइ गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा आयोजित एक कार्यक्रमका बीच चार सदस्यीय नेपाली टोलीको बिदाई गरिएको हो । 

दुई खेलाडी सम्मिलित नेपाली टोलीलाई राखेप सदस्यसचिव रमेशकुमार सिलवालले बिदाई गरेका थिए । आगामी अक्टोबर १६ देखि २० सम्म आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी सोनिया भट्ट र मनिता श्रेष्ठ प्रधानले चुनौती प्रस्तुत गर्नेछन् ।

मनिताले ५६ केजीमुनि तौलसमूह र सोनियाले ४८ केजीमुनि तौलसमूहमा प्रतिस्धर्पा गर्नेछिन् । प्रशिक्षकमा चन्द्रकुमार डंगोल र व्यवस्थापकमा लक्ष्मीरत्न तुलाधार छन् । यस विश्व च्याम्पियनसिपमा ८८ राष्ट्रका ३२१ पुरुष र २ सय ३६ महिलाले प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्रचार्यले जानकारी दिए । 

नेपाली टोलीले यस सहभागीतालाई आगामी मंसिरमा नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद(साग)को तयारीको रूपमा समेत लिएको छ । बिदाइको अवसरमा राखेप सदस्यसचिव सिलवालले देशको झन्डासँगै राष्ट्रियता सम्झेर उत्कृष्ट चुनौती प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।  

कार्यक्रमः–

१) १३ औं सागका बन्द प्रशिक्षणमा रहेका बक्सिङ खेलाडीको बिदाई कार्यक्रम ः–
मितिः– २०७५ आश्विन २६ गते,आईतवार ।
समयः– अपरान्ह ठिक ३ः३० बजे ।
स्थानः– राखेप समिक्षालय, त्रिपुरेश्वर ।
प्रमुख अतिथि राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल ।
२) पत्रकार सम्मेलन ः–खुला फुटबल प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन
मितिः– २०७५ आश्विन २६ गते,आईतवार ।
समयः– अपरान्ह ठिक २ः३० बजे ।
स्थानः– राखेप समिक्षालय, त्रिपुरेश्वर ।
फोटो ० र २– १३ औं सागको बन्द प्रशिक्षणमा रहेका कराँते खेलाडीको स्वागत ।
फोटो १ र ६– राखेप सदस्य–सचिव सिलवाल र १३ औं सागको बन्दप्रशिक्षणमा रहेका  भलिबल तथा बक्सिङ खेलाडी स्वागत गदै ।
फोटो ७ र ८– जुडो खेलाडीको बिदाई ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.