Websoft University

सुन्दरहरैचा स्थित ठडियामा सडक दुर्घटनामा परी २ गम्भीर घाइते


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैचा ७ ठडिया चौक स्थित पुर्व पश्चिम लोकमार्गमा विहिबार अन्दाजी ४:३०बजे बोलेरो र मोटरसाइकल दुर्घटना भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३५ प १४२२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जिप आपसमा ठोक्किदा दुर्घटना भएको १ नं प्रदेश ट्राफिक कार्यलयले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडी सवार दुवै घाइते भएको प्रहरिले जनाएको छ ।दुर्घटनामा परी बेलबारी २ बस्ने २० वर्षे सुरज निरौला त्यस्तै २१ वर्षे सुसन कार्की  घाइते भएका छन्।घाइतेको अवस्था गम्भीर रहेकोले दुवैलाई उपचारको लागि विराटागर स्थित न्युरो अस्पताल लगिएको छ भने दुवै सवारी साधन प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.