Websoft University

लुकाएर राखिएको बिस्फोटन पद्धार्थ सहित बिप्लव कार्यकर्ता पक्राउ


विराटनगर । रातो तारा डट कम, विप्लप समूहले माटोमुनी तीन फिट गहिरालाईमा लुकाएर राखिएको ठूलो परिणाममा बिस्फोटन पद्धार्थ बरामद गरेको छ ।

विप्लप समूहका मोरङ सेक्रेटरी बुढीगंगा गाउँपालिका– ३ का कुमार खतिवडालाई शुक्रबार विराटनगरबाट पक्राउ गरेपछि सोही दिन मोरङ प्रहरीले ठूलो परिणाममा ४३ थान जिलेटिन बिस्फोटक पद्धार्थ बरामद गरि आज सर्वजनिक गरेको हो ।

प्रहरीले खतिवडालाई पक्राउ गरेपछि विप्लप समूहले मोरङको बुढीगंगा गाउँपािलका ७ डंग्राहास्थित रत्नकुमार डाँगीको केराघारीमा तीन फिट गहिरो माटो मुनी ४३ थान जिलेटिन बिस्फोटक पद्धार्थ फेला पारेको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीले बिस्फोटक पद्धार्थमा प्रयोग हुने रिमोट, तार पनि बरामद गरेको छ । पक्राउ परेका खतिवडाको सुन्दरहरैचा ७ गोठाउँस्थित कोठाभाडामा बसेको कोठाबाट प्रहरीले छापा मारेर चन्दा रसिद, विभिन्न उद्योग, कम्पनी व्यवसायिक संगठनहरुलाई मागेको आर्थिक सहयोग र अन्य केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको छ ।

मोरङ प्रहरीले यस अघि असोज ९ गते विप्लप समूहका युवा संगठन सदस्य विपिन भन्ने रामु मग्रातीलाई पनि पक्राउ गरेको थियो । ‘विप्लव समूहका यी नेताको गिरफ्तारीअघि जिल्लाका विभिन्न भेगमा श्रृंखलाबद्ध विष्फोटनका घटना संलग्न भएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’एसपी अधिकारीले भने । अनुसन्धान संलग्न अधिकृतहरुका अनुसार उनीहरुले पहिले चन्दा माग्ने र नदिने वित्तिकै तर्साउन विष्फोट गराउने गरेको देखिएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिआइजी ठाकुरप्रसाद ज्ञावलीका अनुसार विप्लव समुहले भित्र्याएका विष्फोट पदार्थ मध्ये झापा र मोरङमा गरी ७५ प्रतिशत प्रहरीले नियन्त्रणमा लिएको बताए । झापा र मोरङमा एउटै पद्धतीमा विष्फोटक पदार्थ लुकाइएको अवस्था भेटिएको उनले बताए ।

प्रहरीले झापाको अर्जुनधारा– १ मा खाल्डो खनेर लुकाएको अवस्थामा करिब २५ किलो विष्फोटक पदार्थ बरामद गरेको थियो । डिआइजी ज्ञवालीका अनुसार विप्लव समुहले चन्दा माग्ने र नदिएको अवस्थामा विष्फोटका घटना घटाउने गरेको छन् । चन्दा मागेको सूचना प्रहरीले पाए पक्राउ गरी कारवाही गरिने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.