Websoft University

आमा र छोरीको घाँटी रेटेर हत्या


श्याम राई,उदयपुर,गाईघाट असोज २५ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालीका ९ राजावासमा शुक्रवार राती आमा र छोरीको घाँटी रेटेर हत्या गरिएको छ । ३० बर्षिया शारदा चौधरी (गोमा) र उनकी ९ बर्षिया छोरी रचनाको हत्या भएको प्रहरीले जनाएको छ । 

उनीहरु  दुवैको धारीलो हतियारले घाटी रेटेर हत्या गरिएको अवस्थामा घर भित्र भ्याङ्ग मुनी भेटिएको प्रहरी
कार्यलय उदयपुरका प्रमुख एसपी विर वहादुर वुढा मगरले बताए । विहान अवेरसम्म घरमा चालचुल नदेखिए पछि छिमेकीह?ले उनको घरमा पुग्दा दुवै जनाको शव देखेपछि प्रहरीलाई खवर गरेका 
थिए ।

हत्या कसले ग्र्यो भन्ने बारे अहिलेसम्म प्रहरीले कुनै सुराग पत्ता लगाउन सकेको छैन । हत्याको अनुसन्धानको लागी धरानबाट आएको तालीम प्राप्त कुकुर सहितको अपराध अनुुसन्धान टोलीले अहिले घट्नास्थल पुगेर अनुसन्धान गरीरहेको उनले बताए । उनले घट्नाको प्रकृति हेर्दा हत्या भएको बताए । ‘हामीले अनुसन्धान सुरु गरिसकेका छौँ । 

अपराधी चाडो भन्दा चाडो पत्ता लाग्छ, एसपी मगरले भने । हत्या गरिएका चौधरीका श्रीमान् सिताराम वैदेशिक रोजगारीको सीलसीलामा मलेसीयामा रहेका छन् भने जेठी छोरी भावना केहि दिन अघि मावली सिवाई गएकी थिईन् । घट्ना पछि विदेशमा रहेका उनका श्रीमान् लाई खवर गरीएको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.