वितामोर्ड, कार्तिक ८ गते। शान्ति सुरक्षा कायम गरि चोरी, तस्करी नियन्त्रणमा लागि परेका झापाको मेचि नगरपालिका –१३ स्थित चारआली प्रहरी चौकीका असाइ भक्तबहादुर विष्टको सरुवा भएपछि स्थानियले भव्य कार्यक्रम गरि विदाई गरेका छन् ।
यहाँका स्थानियबासि र जनप्रतिनिधीहरूले बिहीबार चारआलीमा भव्य कार्यक्रम आयोजना गरि असाइ विष्टलाई सम्मानसहित भव्य विदाई गरेका हुन् । १० महिनाको अवधिमा असाइ विष्टले चारआलीमा रहदा सिमा नकामा हुने चोरी तस्करी र शान्ति सुरक्षा कायम गर्न लागि परेको यहाँका स्थानियबासी बताउँछन् ।
उनले यहाँ रहदा अवेवस्थीति टहरा र सडक फराकिला पार्न ठूलो भूमिका निभार्ह गरेका थिए । ठूला अपराधमा सुक्ष्म रुपमा अनुसन्धान गरी अपराधी पक्रिने कला भएका विष्ट २०७५ पुस १० गते चारआली प्रमुखी चौकीको इन्चार्ज भएर गएका थिए । उनको आन्तरीक रुपमा हुने सरुवा अन्तर्गत अहिले भद्रपुर एयरपोटमा सरुवा भएका छन् ।
सरुवा भएका विष्टलाई मेचनीनगरपालिका १३ नम्बर वडा कार्यालय र स्थानियबासीले सम्मान पनि गरे । मेचीनगरपालिका १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले यहाँ रहदा शान्ति सुरक्षा देखि चोरी,तस्करी, लागूऔषध दुव्र्यसेन, मादक पद्धार्थ सेवनजस्ता कुरीतिलाई निर्मुल पारि स्थानियलाई सुरक्षाको अनुभुति गराउँदै प्रहरी बिचको विश्वासलाई प्रगाढ बनाएकोले सम्मान गरिएको बताए।
सम्मानित भएका विष्टलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विदाई कार्यक्रममा मेचीनगर १३ का वडा अध्यक्ष सिग्देल, १४ का वडा अध्यक्ष शंकर पोखरेल, ११ का सन्तोष मेचे, १२ का लिला सुब्बालगायले सफल कार्यकालको शुभकामना सहित विदाई गरेका थिए ।
यस अघि विष्टलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई पटक पुसिल अफ दी मन्थको उपाधिबाट सम्मानित भइसकेका छन् । अपराध अनुसन्धान सफल र उत्कृष्ट ढंगबाट गरेको भन्दै उनलाई प्रदेश प्रहरीले सम्मान गरेको थियो । अपराध अनुसन्धानमा विशेष कौशल प्रदर्शन गरेकै कारण विष्टको त्यसबेला प्रहरी हवल्दारबाट असढाइमा पनि बढुवा भएका थिए । त्यसबेला प्रदेश नम्बर १ बाट हवल्दारबाट असाईमा बढुवा हुने उनी मात्र थिए ।
त्यसबेला प्रहरी संगठनमा रहेर उत्कृष्ट काम गर्ने देशभरीमा गृह मन्त्रालयले ६ जना प्रहरीको मात्र बढुवा गरेको थियो । उनी मोरङमा रहदा ठूला अपराधमा सुक्ष्मरुपमा अनुसन्धान गरी अपराधमा संलग्न पक्राउ गर्दै आएका थिए ।
क्याप्सन् ः
सरुवा भएका असाइ भक्तबहादुर विष्टलाई सम्मानसहित स्थानियले विदाई गर्दै ।
Post a Comment