Websoft University

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंमा–आम नेपाली जनताले पनि उच्च सम्मानका साथ सी लाई स्वागत गरे


काठमाण्डौ असोज २५ गते । रातो तारा डट कम,चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुग्नुभएको छ । २ दिने नेपाल भ्रमणका लागि सी एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं आउनुभएको हो । सी सवार एयर चाइनाको विशेष विमान अपरान्ह ४ः४७ मा काठमाडौंमा अवतरण गरेको थियो ।  

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले सीको स्वागत गर्नुभएको छ । यस्तै बिमास्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष, सरकारका मन्त्रीहरु तथा उच्च पदस्थ व्यक्तिहरुले उहाँलाइ स्वागत गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा गार्ड अफ अनरको सम्मान प्रदान गरिएको छ । बिमानस्थलबाट सी सोल्टी होटल प्रस्थान गर्नुभएको छ । सीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुहुने छ । 

यसैगरी पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि उहाँले आजै भेटघाट गर्नुहुनेछ र त्यसपछि उहाँ रात्रिभोजमा सहभागी हुनुहुने छ । हिजो भारतको यात्रामा निस्कनुभएका सी आज त्यहाँको भ्रमण सकाएर चेन्नईबाट नेपालका लागि प्रस्थान गर्नुभएको हो । सीको स्वागतको लागि विमानस्थल तथा उनी बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ विशेष तवरबाट सिँगारिएको छ । आम नेपाली जनताले उच्च सम्मानका साथ सी लाई नेपालमा स्वागत गरेका छन ।

चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण हुन लागेको यो २३ वर्षमा पहिलो अवसर हो । यसलाई विशेषरुपमा लिँदै नेपाल सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरको आतिथ्यता प्रदान गरिरहेकोछ । यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गर्नुभएको थियो । सी भोली १ बजे स्वदेश फर्कनुहुने छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.