Websoft University

चीनबाट रेल आउने सम्जौता भए पछि आम नेपाली जनता खुसिभएर, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई जनताले बधाइ दिन थाले,


काठमाण्डौ असोज २७ गते । रातो तारा डट कम,नेपाल–चीन रेलमार्गको विषयमा चर्चा सुरु भएको झन्डै ४ वर्ष भयो । नेपालमा चिनियाँ रेल आउने विषयमा दुवै देशबीच चर्चा चलिरहँदा चिनिया राष्ट्रपति सी चिनपिङले नेपालमा चिनिया रेल आउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेपाल चीनबीच सम्झौता पनि भएको छ । 

हिजो सीकै उपस्थितिमा नेपाल र चीनबीच केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययन गर्ने सहमतिमा हस्ताक्षर भयो । यसअघि टुङगो नलागेको सम्भाव्यता अध्ययनको ३ अर्ब खर्च चीनले बेहोर्नेछ । केरुङ हुँदै काठमाडौं आउने रेलको अन्तिम बिन्दु काठमाडौंको टोखा हुनेछ । चीन सरकारकै पञ्चवर्षीय योजनामा नेपाल चीन रेल समावेश गरिएकाले पनि नेपालमा छिटो भन्दा छिटो चीनबाट रेल आउने भएकाले नेपालीको आकांक्ष पुरा हुने भएको हो । 

चीनसँग नेपाल रेलमार्गमा जोडिदै उतरी मकाउ वा अन्य कुनै सामुद्रीक बन्दगाहमा जोडिए पछि नेपालको काया नै पल्ट हुनेछ भने नेपालको व्यापार घाटा कम गर्न, आयात लगायतका विषयमा लाभ हुनेछ । दक्षिणी छिमेक भारतबाट हुने असमान व्यवहार र अवरोधका कारण पहिले देखिनै नेपालले उत्तरी ढोका खोल्न चाहेको थियो । 

नेपालका लागि छिमेकिको अनेकौ अवरोधका भइरहे पनि, यो नेकपा को केपी सरकारले छिमेकी गणराज्य चीनका महामहिम राष्ट्रपति सी चिनफिङको नेपालमा भ्रमण गराएर मुलुककै समृद्धिको ढोका खुलेको भन्दै यस बेला आम नेपाली जनताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई जन्ताले बधाइ दिन थालेका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.