श्याम राई,गाइघाट असोज १४ गते । रातो तारा डट कम,गैडा छाप सिमेन्टको यतिखेर विक्री पूर्णरुपमा ठप्प भएको छ। तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेलको कार्यालयमा उद्योग को दैनिक क्षमता भन्दा बढी सिमेन्ट उन्पादन हुनको साथै बिकी्र पनि राम्रो थियो ।
सिमेन्ट बिक्री दैनीक २ करोड रुपैया सम्म रहेको थियो । पौडेल नेपाल आयल निगममा गएपछि उद्योेग महाप्रबन्धक विहीन बन्न गएर सिमेन्ट उतपादन र विक्री पूरै प्रभावित बन्न गएको स्वयम् उद्योगका कर्मचारीहरु बताउछन्। पौडेल निगम गएपछी निमीत्त महाप्रबन्धक बनेका नोवेल किशोर शाहको १० महिने कार्यकालमा उद्यँोग दे प्रगती गर्नु को साटो झनै धराशायी बन्दै जानु ले पनी उद्योग को अवस्था प्रष्ट्याएको छ ।
यो पिक सीजनमा लामो समय उद्योग वन्द भएको ले गैडा छाप सिमेन्टको बजार निकै खस्कीएको छ । जस्को कारण उद्योग ले विक्री प्रबद्र्धन भन्दै गैडा छाप सिमेन्टको मूल्य एकै पटक प्रती वटा ३५ रुपैया घटायो । मुल्य घटाउदा पनि सिमेन्ट को विक्री बढ्न सकेन । अहिले उद्योगको गोदाम सिमेन्ट ले भरीभराउ छ । तर सिमेन्ट विक्री शून्य छ ।
उद्योग का विक्री शाखा ले सिमेन्ट किनीदेउ भनेर उद्योगी र सिमेन्ट डिलर कहा हार गुहार गरीरहेका छन् । सिमेन्ट विक्री मा कमी हूदा कर्मचारीलाई भदौ महिना को ओभर टाइम को भुक्तानी गर्नु पर्ने झण्डै ५० लाख रुपैया भुक्तानी हुन सकेको छैन । कर्मचारी हरु उक्त रकम तत्काल उपलब्ध होस भन्दै दैनिक जसो महाप्रबन्धक लाई दवाद दिने गरीरहेका छन् ।
उद्योग डुवाउने खेलमा लागीपरेका निमीत्त महाप्रबन्धक साहको असक्षमताको कारण अहिले सिमेन्ट विक्री पुरै ठप्प भएको छ । दैनिक २ करोड रुपैयाको सिमेन्ट विक्री हुदै आएको उदयपुर सिमेन्टको विक्री घटेर अहिले दैनिक २० लाख देखी ४० लाख मा झरेको छ । सिमेन्ट विक्री ले अहिले कर्मचारी को तलव लाई मात्र पुग्ने गरेको स्वयम कर्मचारहिरु बताउछन् ।
उद्योगका अर्थ विभाग प्रमुख ध्रुव बहादुर देवकोटाले रकम अभावको कारण विद्युत महशुल समयमा नै तिर्न नसकिएको स्वीकार गरे । उनले रकम जुटाउदा जुटाउदै विद्युत महशुल तिर्नृ ढिलाई भएको बताए । ‘ अहिले उद्योग मा पर्याप्त पैसा छैन । सिमेन्ट विक्री पनि हुन सकेको छैन । त्यसैले उद्योग लाई पैसा अभाव भएको छ । ’ उनले भने ।
विक्री शाखाका प्रमुख राम बहादुर जीसी ले अहिले सिमेन्ट विक्री नभएकै कारण उद्योग लाई आर्थिक समस्या भएको बताए । ‘ ठूलो आर्थिक समस्या चाही भएको छैन । तर केही समस्या भएको छ । ’ उनले भने । सिमेन्ट विक्री भने जती हुन सकेको छैन । जीसी ले भने । उद्योग का निमीत्त महाप्रबन्धक साह लाई उनको मोवाइल मा पटक, पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
Post a Comment