Websoft University

अध्यक्ष कप खुला फुटबल हुने


काठमाण्डौ असोज २६ गते । रातो तारा डट कम,बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता बुधबारबाट संचालन हुने गाउपालिका अध्यक्ष वीरवहादुर लोकचनले पत्रकार सम्मेलनमा जानकारी गराए । लोकचनले स्थानिय स्तरमा रहेका प्रतिभाको पहिचान गर्नुे र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्य रहेको बताए । प्रतियोगितामा १८ टिमको सहभागिता रहने छ । 

कात्तिक ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु प्युटारस्थित खयरघारीमा हुने छ । नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा पराजित हुने २ टिमलाई समान २०–२० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको अनुमानित बजेट १३ लाख रहेको मुल आयोजक समितिका अध्यक्ष बुद्धराज नेगीले जानकारी गराए ।

बक्सिङ खेलाडीको बिदाई नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बक्सिङको विशेष प्रशिक्षणमा सहभागिता जनाउने खेलाडी तथा प्रशिक्षकको आईतवार राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाई गर्नु भएको छ । पोखरामा विशेष तयारी गर्न सागका लागि छनोट भएका १६ बक्सिङ खेलाडी आजै प्रस्थान गर्ने छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिब रमेश सिलवाल, बक्सिङ संघका अध्यक्ष राम अवाले तथा संघका पदाधिकारीहरुले पोखरा जाने टोलीलाई विदाईगरे । 

पोखरामा नेपाली टोलीलाई उज्वेकिस्तानका आइवा प्रथम स्टार प्रशिक्षक एलिसर राखिमोव,नेपालका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले प्रशिक्षण दिने छन् । यस्तै वरिष्ठ प्रशिक्षक प्रवीन तुलाधर, प्रशिक्षक डम्बर दत्त भट्ट, सहायक प्रशिक्षक किशोर लिम्बु र दिपक महर्जन पोखरा जाने छन् । दिपक हाल जुनियर बक्सिङ टोली प्रशिक्षणमा नेपाल बाहिर छन् । नेपालकोतर्फबाट प्रतिनिधित्व गर्ने खेलाडीमा महिलातर्फ ललिता महर्जन ४८ के.जी,माला राई ५१ के.जी,मिनु गुरुङ ५४ के.जी,चन्द्रकला थापा ५७ के.जी,संगिता सुनुवार ६० के.जी र पुनम रावल ६४ के.जी रहेका छन् ।

पुरुष तर्फ सुशिल थापा मगर ४९ के.जी,तेज बहादुर देउवा ५२ के.जी,पुरण राई ५६ के.जी,सनिल शाही ६१के.जी,भुपेन्द्र थापा ६४ के.जी,विकास लामा ६९ के.जी,दिपक श्रेष्ठ ७( के.जी,मनोहर बस्नेत (म्याक्स) ८१ के.जी,अर्जुन सिगु १० के.जी र आशिष दुवाडी १० रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.